नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री  | Khabarhub Khabarhub

नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री 


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीको ज्ञापनपत्र बुझ्दै उनले दोषीले छुट नपाओस् र निर्दोष नपरोस् भन्नेमा सरकार स्पष्ट रहेको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले उक्त प्रकरणमा भइरहेको छानविनमा कुनै प्रभाव र दबाब पर्न नदिने प्रतिबद्धता पनि जनाए। उनले वर्तमान सरकार सुशासन, समृद्धि र संविधानको कार्यान्वयनमा पूर्ण प्रतिबद्धताका साथ लागिपरेको उल्लेख गर्दै कुनै पनि प्रभाव र दबाबलाई स्वीकार नगर्ने र पछि पनि नहट्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ सालपछिका राजनीतिक नेतृत्व र कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत माग समेटिएको ज्ञापनपत्र प्रधानमन्त्री दाहाललाई बुझाएका थिए । 

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ३ : ५१ बजे

ट्रम्पद्वारा २३ देशलाई अवैध लागुऔषध ट्रान्जिट वा उत्पादक देश घोषणा, चीन र पाकिस्तान पनि समावेश

वाशिङ्टन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सदनमा पेस गरेको ‘प्रेसिडेन्सियल

शान्ति सुरक्षाको प्रत्याभूति गराउन गृहमन्त्रीसँग महासङ्घको माग

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घले उद्योग व्यवसायमा शान्ति सुरक्षाको

लोकतन्त्रको रक्षा गर्न अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घको आग्रह

काठमाडौं– अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आईटीयुसी) एसिया प्रशान्त क्षेत्रले लोकतन्त्र

मधेसका सीमा क्षेत्रमा डीआईजी ढकाल, चोरी-तस्करी र लागुऔषध कारोबार नियन्त्रण गर्न निर्देशन

रौतहट- सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय