'विकासमा पक्षपात भयो भने विद्रोह निम्तिन्छ' | Khabarhub Khabarhub

‘विकासमा पक्षपात भयो भने विद्रोह निम्तिन्छ’


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकासका योजना छनौटमा पक्षपात हुँदा त्यसले विद्रोह निम्त्याउने सक्ने चिन्ता व्यक्त गरेका छन् । आफ्नो जन्मगाउँ पर्वतको मोदी गाउँपालिका वडा नं ७ को वडा कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले भने, ‘विकास निर्माणका काम योजनाबद्ध र आवश्यकताका आधारमा हुन आवश्यक छ । विना गुरुयोजना पहुँच हुनेले योजनाहरु लाने र अरुले नपाउने भयो भने त्यस्तो अवस्थामा विद्रोह हुन्छ । पक्षपातरहित ढंगले विकासको समानुपातिक वितरण आवश्यक छ ।’

विकासमा पक्षपात गर्नुहुँदैन भन्ने मान्यता सबैले राख्नुपर्ने कुरामा जोड दिँदै उनले सबैले भूगोल र क्षेत्रका बासिन्दाले पनि आफ्ना योजना पनि छनौटमा पर्छन भन्ने धैर्यता राख्ने र नीति निर्माण तहमा रहेका व्यक्तिले विनापक्षपात काम गर्दै जाने हो भने त्यसले राम्रो प्रतिफल प्राप्त हुने बताए । तीनवटै तहका सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको तयारी गरिरहेका बेला योजनाबद्ध र आवश्यकताका आधारमा योजना छनौट गर्न उनले आग्रह गरे ।

२०५४ सालमा पोखरा बागलुङ सडक मात्रै रहेको अवस्थाको चर्चा गर्दै तत्कालीन जिल्ला विकास समिति पर्वतमा सभापति भए पनि आफ्नै गाउँमा सडक बनाएर र अरु गाउँमा सडक उद्घाटन गर्दै छ भनेर आरोप लागेको उनले स्मरण गरे । आफू तत्कालीन जिविस सभापति हुँदा कार्यकालको अन्तिम वर्ष मात्रै गाउँ आउने सडकका लागि बजेट विनियोजन गरेको थिएँ,’ अध्यक्ष तिमिल्सिनाले भने ।

पर्वत जिल्लाका सबै वडा कार्यालयहरु सम्म पुग्ने सडकहरु कालोपत्रे हुने चरणमा रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अहिले काम भइरहेका र योजना छनौट प्रक्रियामा रहेका स्थानका बासिन्दालाई पनि धैर्यता गर्न आग्रह गरे ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ५ : १२ बजे

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी

सिँचाइका लागि प्रयोग गरिएको करेन्ट लागेर एक वृद्धको मृत्यु

सिरहा– सिरहाको गोलबजार नगरपालिका–१३ स्थित दुर्गापुर डङ्गराहामा आज बिहान सिँचाइका

म्याग्दीको टिकोट तरकारी पकेट क्षेत्र

म्याग्दी– आयात घटाउने, स्थानीय कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यले

इरानलाई मुख्य व्यापारिक मार्ग बन्द गर्नबाट रोक्न चीनलाई अमेरिकाको आग्रह

एजेन्सी – अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानी आणविक स्थलमा अमेरिकी

चितवन राष्ट्रिय निकुञ्जमा असार १५ गतेबाट सफारी बन्द हुने

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्र यही असार १५ गतेबाट जिप सफारी