ट्विटरको नेतृत्व महिलाले गर्ने « Khabarhub

ट्विटरको नेतृत्व महिलाले गर्ने


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लस एन्जल्स- ट्विटरका प्रमुख कार्यकारी एलोन मस्कले एक जना महिलाले  ट्विटरको नेतृत्व गर्ने बताएका छन् ।  यसका लागि एनबीसी युनिभर्सलमा ग्लोबल विज्ञापन र साझेदारीको अध्यक्ष लिन्डा याकारिनोलाई नियुक्त गर्न लागेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

न्यूयोर्क टाइम्सका अनुसार नाम नछाप्ने शर्तमा  एकजना अधकारीले यसको प्रक्रिया अगाडि बढेको बताएका छन् । उनका अनुसार याकारिनो र मस्कबीच यस विषयमा गत हप्तादेखि छलफल चलिरहेको छ।

गत महिना याकारिनोले मियामीमा एक विज्ञापन कार्यक्रममा मस्कसँग अन्तर्वार्ता लिएको समाचार सार्वजनिक भएको छ । यसअघि बिहीबार पनि मस्कले ट्वीटरका लागि प्रमुख कार्यकारी चयन गरेको तर परिचय भने नखुलाएको बताइएको छ ।

यस्तै वाल स्ट्रीट जर्नलले पनि याकारिनो मस्कसँग वार्तामा  रहेको उल्लेख गरेको  छ ।  गत वर्ष ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किनेका मस्कले फरक व्यक्तिलाई प्रमुख कार्यकारीको रुपमा नियुक्त गरेपनि कम्पनीमा बलियो पकड कायम राख्नेछन् ।

ट्विटरको मालिकको रूपमा उनले ७,५०० कर्मचारीमध्ये ७५ प्रतिशतभन्दा बढी हटाउने र अनेक किसिमका सेवा सुविधाहरू र रणनीति परिवर्तन गरेर यसमा आफ्नो पकड बलियो बनाएका थिए ।

निवर्तमान सीईओले भर्खरै ट्विटरमा अर्को अपडेट थप्ने घोषणा गरेका छन् जसले यसको प्रयोगकर्ताहरूलाई ईन्क्रिप्टेड सन्देश सेवामा प्रारम्भिक पहुँच गर्न अनुमति दिनेछ ।

अपडेट हाल प्रमाणित प्रयोगकर्ताहरूको लागि मात्र उपलब्ध छ । यसअघि मे ११ मा मस्कले इन्क्रिप्टेड मेसेजिङको प्रारम्भिक संस्करण सुरु भइरहेकोबारे अपडेट गर्दै ट्वीट  सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ५ : ५२ बजे

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा