कर्णाली प्रदेशका दलित समुदायका ६७ बालिकालाई छात्रवृत्ति « Khabarhub

कर्णाली प्रदेशका दलित समुदायका ६७ बालिकालाई छात्रवृत्ति


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मानव अधिकार तथा शान्ति समाजले कर्णाली प्रदेशका विकट हिमाली जिल्ला हुम्ला, जुम्ला, कालीकोट र मुगुका विपन्न दलित समुदायका ६७ बालिकालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

यसै शैक्षिक सत्रदेखि प्रदान गरिने तीनवर्षे छात्रवृत्ति अभियानका क्रममा ६ कक्षामा अध्ययनरत ६७ बालिकालाई हरेक वर्ष रु १२ हजार छात्रवृत्ति प्रदान गरिने समाजका सभापति रामकृष्ण बरालले राससलाई जानकारी दिए।

‘छोरी पढाऔँः गरिमा बढाऔँ’ भन्ने आह्वानसहित शान्ति समाजले २०७८ सालबाट सुरु गरेको पाँचवर्षे बालिका छात्रवृत्ति अभियानको पहिलो चरणमा मोरङ जिल्लाको दुईवटा गाउँपालिकाका ३७ जना विपन्न दलित समुदायका बालिकालाई हरेक वर्ष रु १२ हजारको छात्रवृत्ति प्रदान गर्दै आएको छ । यससँगै शान्ति समाजले हरेक वर्ष बालिकाहरुलाई प्रदान गर्ने छात्रवृत्ति सङ्ख्या एक सय चार पुगेको छ ।

कर्णाली केन्द्रित तीनवर्षे छात्रवृत्तिका लागि शान्ति समाजका सभापति बरालले दुई र वरिष्ठ उपसभापति कृष्णबहादुर रावल, उपसभापति पुष्पा मल्ल, सचिवहरु लक्ष्मीनारायण मिश्र, अमरबहादुर गौतम, सन्तोष अधिकारी क्षेत्री, प्रकाश शाही, सन्तोष रौनियार, पूर्वसचिव मदनबहादुर कुँवर, केन्द्रीय सदस्यहरु, डिपी खनाल, तुलसीराम सुनार, अरुण ज्ञवाली, ज्योति वाल्मीकि, निर्मला गुरुङ, अनुजा सैँजु, दिवाकर पुडासैनी र प्रतिमा महतोले सहयोग गरेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ८ : २६ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन