ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश | Khabarhub Khabarhub

ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्लानिङ्ग ब्वाइज क्लब काठमाडौँ धनकुटामा जारी १५औँ भीमनारायण गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा काठमाडौँले भारत सिलिगुडीको कञ्चनजङ्घा फुटबल क्लबलाई ६–१ गोलको अन्तरले पराजीत गरेको हो ।

क्लबको जितका लागि खेलको २२औँ मिनेटमा ब्वाइजका विदेशी खेलाडी बेबोस साक्वएसले खेलको २२औँ मिनेटमा शुरुआती गोल गरेका थिए । त्यसपछि खेलको ३० मिनेटमा फागुराम थारुले टोलीका लागि दोस्रो गोल र खेलको दोस्रो हाफ को ५७औँ मिनेटमा क्लबका राजेश शाहले तेस्रो गोल गरेका थिए ।

त्यसपछि ८८ मिनेट र अतिरिक्त थपिएको समयमा समिर थापाले काडमाडौँका लागि दुई गोल गरेका थिए । सिलिगुडी क्लबका लागि एक मात्र गोल खेलको ६६औँ मिनेटमा सोनाम लेप्चाले गरेका थिए । भोलि शनिबार हुने खेलमा एपिएफ क्लब काठमाडौँ र वीरगञ्जकै युनाइटेडबीच हुने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ९ : ४६ बजे

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर- यहाँको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको

आश्रम निर्माणका लागि एकै दिन ५५ लाख रुपैयाँ सङ्कलन

बागलुङ– मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना

स‌खुवासभा भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

सङ्खुवासभा– संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थानान्तरण

मुस्ताङ– एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै

हङकङ सिक्सेस : यूएईले नेपाललाई दियो १३० रनको चुनौती

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा यूएईले नेपाललाई १३०