सङ्घ–सङ्गठन विधि प्रक्रियामा चल्नुपर्छ : नेता सिंह « Khabarhub

सङ्घ–सङ्गठन विधि प्रक्रियामा चल्नुपर्छ : नेता सिंह


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं सांसद प्रकाशमान सिंहले हरेक काम गर्दा विधि र नियममा चल्नुपर्ने बताएका छन् । उनले सबै सङ्घ–सङ्गठन विधि प्रक्रियामा चल्नुपर्ने बताए ।

नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँको सातौँ अधिवेशनको उद्घाटन समारोहमा आफ्नो भनाइ राख्नुहुँदै सिंहले युनियन कांग्रेसले विगतदेखि नै विधिअनुसार आफ्नो कार्यलाई अगाडि बढाउँदै आएको बताए । नेपाल ट्रेड युनियनले श्रम र शक्तिको सम्मान सबैभन्दा बढी ट्रेड युनियन कांग्रेसले नै गर्न सक्नुपर्ने उनको धारण छ ।

उनले भने, “ट्रेड युनियन कांग्रेसले श्रमिकहरूलाई केही गर्न नसकेको भन्ने नकारात्मक सन्देश गइरहेको छ । आगामी दिनमा नकारात्मक हल्ला, प्रचार भए पनि आलोचना र चुनौतीको सामना गर्दै ट्रेड युनियन कांग्रेस अघि बढ्नुपर्छ । श्रम र श्रमिकको सम्मान गर्दै गलत सन्देशहरू रोक्न सक्नुपर्छ ।”

त्यस्तै, विधिगत रूपमा चलेका कारण ट्रेड युनियन चलेको सांसद सिंहले बताए । आगामी हुन लागेको सातौँ अधिवेशनमा उम्मेदवारहरूले प्रतिस्पर्धाको भावना नभएर ट्रेड युनियनलाई एकताबद्ध भएर अघि बढ्नुपर्ने ऐक्यबद्धता हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाल टे«ड युनियन बागमती प्रदेशका कार्यवाहक अध्यक्ष घनश्याम चापागाईं पार्टीले श्रमिक मुद्दालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । कोभिड–१९ पश्चात् श्रमिकहरूले धेरै घाटा बेहोर्नुपरेको र जसको कारण श्रम दिने श्रमिहरूले नै आत्मदाह गर्नुपरेको भन्दै यस्ता समस्या समाधान गर्न पार्टीले ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घका अध्यक्ष मुकुन्दबहादुर सुवेदीले पार्टीले स्थानीय तहदेखि केन्द्रीयस्तरसम्मका श्रमिकलाई सम्मानका साथ सहयोग गर्नुपर्ने बताए । उनले श्रमिकका नाममा हुने गरेका विभिन्न सेवासुविधा पार्टीले उपलब्ध गराउनुपर्ने जोड दिए। हाल मजदुरहरूको अवस्था निकै दयनीय रहेको र श्रमिकहरूले न्यूनतम तलब पनि पाउन नसकेको गुनासो गर्दै अध्यक्ष सुवेदीले स्थानीय तहबाट नै श्रम र श्रमिकको सम्मानमा सुरुआत गर्नुपर्ने जनाए ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ११ : ०३ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा