स्थायी कमिटी बैठक पछि एमालेले वार्षिक कार्य योजना तयार पार्ने « Khabarhub

स्थायी कमिटी बैठक पछि एमालेले वार्षिक कार्य योजना तयार पार्ने


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेले स्थायी कमिटीको बैठकपछि पार्टीको वार्षिक कार्य योजना तयार पार्ने भएको छ।

गत बिहीबार सुरु भएको एमालेको चौथौँ केन्द्रीय समिति बैठक जारी रहेको बखतमा नै आज बस्न लागेको स्थायी कमिटीले पार्टीको वार्षिक कार्य योजना बनाउन लागेको हो । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार स्थायी कमिटीले तयार पार्ने वार्षिक कार्य योजना केन्द्रीय समितिमा पेस गरी पारित गरिनेछ ।

शुक्रवार बसेको बैठकमा गैर–भौगोलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेस गरेको प्रतिवेदनमा सामूहिक छलफल भएको थियो । जसअनुसार गण्डकीबाट पदमा अर्याल, वाग्मतीबाट गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका विशेष प्रदेशबाट सुजिता शाक्यले आ आफ्नो क्षेत्रको प्रतिवेदन पेस गरेका थिए ।

सबै प्रदेशको प्रतिवेदनमाथि सामूहिक छलफल गरिएको थियो । आज बस्ने केन्द्रीय समिति बैठकले समूहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ६ : ५१ बजे

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का