नक्कली भुटानी शरणार्थी प्रकरणले देशको शिर निहुरियो : शेखर कोइराला  « Khabarhub

नक्कली भुटानी शरणार्थी प्रकरणले देशको शिर निहुरियो : शेखर कोइराला 


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका कारण देशको शिर निहुरिएको बताएका छन् ।

राज्य संयन्त्रको चरम दुरुपयोग गरी नेपाली नागरिकबाट मोटो रकम लिएर नक्कली भुटानी शरणार्थी बनाउने जस्तो घृणित कार्यमा संलग्नलाई कानुनको कठघरमा ल्याएर कडाभन्दा कडा सजाय दिनुपर्ने उनले बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भ्रष्टाचारविरुद्ध आम नागरिकसँग एकाकार भएर राष्ट्रिय साझा चेतना अभियानको थालनी गर्ने र नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिने समय आएको पनि बताएका छन्।

‘भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएको छ, हामी लज्जित भएका छौँ तसर्थ जुनसुकै तह र तप्काको जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडा भन्दा कडा सजाय दिनुपर्दछ।’ उनले लेखेका छन्, ‘यो देशको शासक र प्रशासकप्रति आम नागरिकको चरम अविश्वास बढ्दो छ, यसले हामीले दशकौँ सङ्घर्ष गरेर ल्याएको लोकतन्त्र र संविधानलाई असुरक्षित पारेको छ।’

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ९ : ३३ बजे

उदयपुर सिमेन्टमा पुगेर बालेन भन्छन्- उद्योग देशका मेरुदण्ड हुन्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

पर्वतका ९५० किशोरीलाई एचपीभी खोप लगाइने

पर्वत– जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’

आईएसएसको अन्त्य, सहकार्यको युग

एजेन्सी– अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) सन् २०३० मा पृथ्वीमा फर्किँदा

कप्तान रोहितले क्यानडाविरुद्ध नखेल्ने : आजको खेलको कप्तानी दीपेन्द्रले गर्ने

काठमाडौं – आइसिसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेल नेपालका

निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह

गलकोट– अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकार