गायक प्रदीप कार्कीको गीतमा सुनिल र एलिशाको रोमान्स (भिडिओसहित) « Khabarhub

गायक प्रदीप कार्कीको गीतमा सुनिल र एलिशाको रोमान्स (भिडिओसहित)


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गायक प्रदीप कार्कीको स्वर रहेको ‘तै मायाको’ भिडिओ सार्वजनिक भएको छ । दोलखामा जन्मे हुर्केका गायक कार्की हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन् ।

गायक कार्की र संगीतकार दीपक शर्माको सहकार्यमा तयार गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ भने किशोर थापाको मिक्सङ तथा मास्टरिङ रहेको छ । दीपकको शब्द तथा संगीत रहेको गीतको भिडिओमा एक रोमान्टिक प्रेम जोडीको प्रेम कहानीलाई देखाइएको छ ।

मोडल सुनिल क्षेत्रीको अभिनय रहेको गीतको भिडिओको निर्देशन पनि उनैले गरेका हुन् । अभिनयमा सुनिललाई मोडल एलिशा शर्माले साथ दिएकी छन् । दुर्गा पौडेलको छायांकन रहेको भिडिओको सम्पादन विकाश ज्ञवालीले गरेका हुन् ।

गायक कार्कीका यसअघि सुनै सुनको तिलहरी, यो जिन्दगी, मेरा लागि तिमी भन्दा, बिचै बाटो, लगायतका दर्जन बढी गीतहरु सार्वजनिक भइसकेका छन् । उनको आविश्कार नामक एल्बमले राम्रो चर्चा कमाएको थियो । गीतको भिडिओ गायक कार्कीको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् भिडिओ 

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १० : ३२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना