गायक प्रदीप कार्कीको गीतमा सुनिल र एलिशाको रोमान्स (भिडिओसहित) « Khabarhub

गायक प्रदीप कार्कीको गीतमा सुनिल र एलिशाको रोमान्स (भिडिओसहित)


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गायक प्रदीप कार्कीको स्वर रहेको ‘तै मायाको’ भिडिओ सार्वजनिक भएको छ । दोलखामा जन्मे हुर्केका गायक कार्की हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन् ।

गायक कार्की र संगीतकार दीपक शर्माको सहकार्यमा तयार गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ भने किशोर थापाको मिक्सङ तथा मास्टरिङ रहेको छ । दीपकको शब्द तथा संगीत रहेको गीतको भिडिओमा एक रोमान्टिक प्रेम जोडीको प्रेम कहानीलाई देखाइएको छ ।

मोडल सुनिल क्षेत्रीको अभिनय रहेको गीतको भिडिओको निर्देशन पनि उनैले गरेका हुन् । अभिनयमा सुनिललाई मोडल एलिशा शर्माले साथ दिएकी छन् । दुर्गा पौडेलको छायांकन रहेको भिडिओको सम्पादन विकाश ज्ञवालीले गरेका हुन् ।

गायक कार्कीका यसअघि सुनै सुनको तिलहरी, यो जिन्दगी, मेरा लागि तिमी भन्दा, बिचै बाटो, लगायतका दर्जन बढी गीतहरु सार्वजनिक भइसकेका छन् । उनको आविश्कार नामक एल्बमले राम्रो चर्चा कमाएको थियो । गीतको भिडिओ गायक कार्कीको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् भिडिओ 

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १० : ३२ बजे

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या