छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप भोलि « Khabarhub

छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप भोलि


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले यसअघि छुटेका पाँच वर्षमुनिका बालबालिकालाई भोलि खोप लगाउने भएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शनिबार भिडियो सन्देश जारी गरी यसअघि छुटेका सबै बालबालिकालाई वैशाख ३१ गते देशभरका सबै सरकारी स्वास्थ्य संस्थामा खोप लगाउने बताएका हुन्।

‘देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट यसअघि १५ महिना उमेरसम्म दिइने नियमित छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप दिइँदैछ’, बस्नेतले भनेका छन्, ‘त्यसैले आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगी छुट खोप लगाउन अनुरोध गर्दछु।’

खोप नलगाउँदा बालबालिकाका हुनसक्ने रोगको संक्रमण, अपांगता तथा मृत्यु हुनबाट बचाउन सबैले खोप लगाउन आवश्यक रहेको उनले बताएका छन्। आफ्ना टोल गाउँका बालबालिका र विद्यार्थीले खोप लगाए नलगाएको यकिन गरि अभियानमा सहभागीमा भई दिन पनि उनले आग्रह गरेका छन्।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १२ : ०३ बजे

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत

रोल्पा पहिरो अपडेट : बेपत्ता पाँच जनाको शव प्युठानमा भेटियो

रोल्पा – रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर बेपत्ता