प्रमुख राजनीतिक दलबीच न्यूनतम समझदारी गर्नुपर्नेमा एमालेको जोड « Khabarhub

प्रमुख राजनीतिक दलबीच न्यूनतम समझदारी गर्नुपर्नेमा एमालेको जोड


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले मुलुक राजनीतिक, आर्थिक र सामाजिक रुपमा संकटतर्फ उन्मुख हुँदै गएको भन्दै प्रमुख राजनीतिक दलबीच न्यूनतम समझदारी कायम गर्नुपर्ने जनाएको छ । 

तीन दिनसम्म चलेको पार्टीको केन्द्रीय कमिटी बैठकले विशेष प्रस्ताव पारित गर्दै भ्रष्टाचार सङ्क्रामक रोग जसरी फैलिँदै गएको, राष्ट्रिय हितको रक्षाको प्रश्न चुनौतीपूर्ण बन्दै गएको र अस्थिरता र अराजकताका प्रवृत्तिहरू झाँगिन खोजेको भन्दै सामाजिक सद्भाव र एकता कायम गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच न्यूनतम समझदारी बन्नु आवश्यक रहेको जनाएको हो । राष्ट्रिय राजनीतिक दलहरूका बीचमा समझदारी निर्माणका लागि एमालेले पहलकदमी लिने निर्णय समेत बैठकले गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बैठकले बिभिन्न १६ बुँदे प्रस्ताव पारित गरेको छ, जसमा शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने, भ्रष्टाचारका सबै काण्डहरूको निष्पक्षतापूर्वक छानविन हुनुपर्ने, राष्ट्रघाती नीति र कदमहरूलाई रोक्नुपर्ने लगायतका रहेका गुरुङले बताए । बैठकले कतिपय तत्व संघीयता नै लोकतान्त्रीक प्रणालीमाथि नै प्रहार भएको प्रति ध्यानाकर्षण भएको भन्दै संविधानविरोधी हर्क बन्द गर्न सजग गराएको गुरुङले जानकारी दिए । एमाले केन्द्रीय कमिटी बैठकले पार्टीको वार्षिक कार्ययोजना पनि पारित गरेको छ ।

बैठकले भौतिक रुपमा नै उपस्थिति भएर असार १५ गतेसम्ममा जिल्ला कमिटीले पार्टीको सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको छ । बैठकले आगामी मंसिर महिनामा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको गुरुङले बताए । 

बैठकका समापन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले संघीयता नमान्ने हल्लाको प्रतिवाद गर्दै संघीयतामाथि पुनर्विचार नगर्ने स्पष्ट पारेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकले पार्टीलाई शसक्त बनाउनका लागि युवा परिचालनलाई जोड दिने निर्णय समेत गरेको छ । 

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ७ : ३१ बजे

शिर निहुर्‍याएर विदेशिएका देउवा रुफटपमा फर्किए ! 

काठमाडौं– गत फागुन १३ गते गोप्य रूपमा उपचारका लागि सिंगापुरतिर

र्‍याडिसन होटलमा सरकारको स्टन्ट, विभागकै अधिकारी भन्छन्- ७० वटा सिलिण्डर चुल्होमै जोडिएका थिए

काठमाडौं– उद्योग मन्त्रालय अन्तर्गतको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले होटेल

वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई हिरासतमा राख्न तीन दिनको अनुमति

काठमाडौं- गोपनीयताको हकविरुद्धको अभियोग लगाएर पक्राउ गरिएका पत्रकार किशोर श्रेष्ठलाई

रोल्पा पहिरोप्रति रास्वपाद्वारा दुःख व्यक्त

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ–५, कोतलाबाङमा पहिरोमा परी

किशोर श्रेष्ठको गिरफ्तारीमा विश्व प्रेस काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडौं- विश्व प्रेस काउन्सिल संघ (डब्लुएपीसी) ले नेपाली पत्रकार तथा