भ्रष्टाचार नियन्त्रणमा शिक्षकको भूमिका महत्वपूर्ण : मन्त्री गुरुङ | Khabarhub Khabarhub

भ्रष्टाचार नियन्त्रणमा शिक्षकको भूमिका महत्वपूर्ण : मन्त्री गुरुङ


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कानून, न्याय तथा संसदीय मामीलामन्त्री धनराज गुरुङले देशमा व्याप्त भ्रष्टाचार नियन्त्रणका लागि शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल शिक्षक सङ्घको ३४औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित नवप्रवेशी शिक्षक स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षकले दिने शिक्षा र आचरणबाट भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह हुने बताए ।

शिक्षकले दिने शिक्षाले भ्रष्टाचार नियन्त्रणसँगै समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने मन्त्री गुरुङको भनाइ थियो । अहिलेका शिक्षक भविष्यका देश चलाउने व्यक्ति भएको भन्दै उनले सानैदेखि असल शिक्षा दिन जरुरी रहेको बताए । शिक्षकबाट पाउने ज्ञानलाई बालबालिकाले पछि भविष्यमा उतार्ने भन्दै सच्चा नागरिक बन्न सिकाउनुपर्ने उनको भनाइ थियो । देशमा पछिल्लो समय गाँजिएको भ्रष्टाचारको जालो तोड्न सरकार लागिपरेको उनले बताए । उनले भने, “सरकार आफ्नो काममा दृढ छ । जनताको पक्षमा काम गर्न सरकार बनेको हो ।” सरकारलाई नेताको घरको रुवाबासीभन्दा जनताको घरको रुवाबासीले पिरोल्ने गरेको उनको भनाइ थियो ।

पछिल्लो समय कांग्रेसका नेताहरूसमेत भ्रष्टाचार मुद्दामा मुछिएको भन्दै मन्त्री गुरुङको जो–कोही भए पनि नछाड्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले कांग्रेसभित्रको आन्तरिक समस्या समाधानका लागि छलफल भइरहेको बताए । केन्द्रमा देखिने समस्याले जिल्लामा समेत प्रभाव पारेको बताउँदै उनले यस्ता समस्या समाधानका लागि पदाधिकारी तहबाटै पहलकदमी हुन जरुरी रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य उत्तम जोशी, नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय उपाध्यक्ष इन्दिरा सापकोटा, नेपाल शिक्षक सङ्घ सङ्घीय उपमहासचिव प्रेमप्रसाद पौडेल, नेपाल शिक्षक सङ्घका पूर्वअध्यक्ष ध्रुवराज पोख्रेल, नेपाल शिक्षक महासङ्घ चितवनका अध्यक्ष कोमलनाथ घिमिरे, नेपाली कांग्रेसका नेता प्रकाश अधिकारी, भरतपुर महानगरपाकिलाका–१० का अध्यक्ष परमेश्वर खनाललगायतले शिक्षा क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका थिए । नेपाल शिक्षक सङ्घ चितवनका अध्यक्ष इन्दिरा मरहठ्ठाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक सेवा आयोगबाट स्थायी अनुमति लिएका शिक्षक शिक्षिकाहरूलाई स्वागत गरिएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ७ : ४९ बजे

एनपीएल दोस्रो क्वालिफायर : आज जनकपुर र कर्णालीको भिडन्त

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दोस्रो क्वालिफायर

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल पुस ४ गते बिहीबार तदनुसार

आज २०८१ साल पुस ४ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल पुस ४ गते बिहीबार तदनुसार

बाहिरियो रवि हिरासतमा सुतेको तस्बिर, रास्वपा नेताले उठाए प्रश्न

काठमाडौं – प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का