कर्णाली करिडोर एक हप्ता बन्द हुने « Khabarhub

कर्णाली करिडोर एक हप्ता बन्द हुने


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली करिडोरको कालीकोटको नरहरिनाथ–८ खुलालुबाट हुम्लाको सलीसल्ला सडकखण्ड एक हप्ताका लागि बन्द हुने भएको छ । कर्णाली करिडोरको खुलालु पुल नजिकै सडकको स्तरोन्नति कार्य हुने भएकाले सात दिनका लागि करिडोर बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय कालीकोटले एक सूचना जारी गरी कर्णाली करिडोरको खुलालु पक्की पुल छेउछाउमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले एक हप्ताका लागि बन्द गरिएको जानकारी गराएको छ ।

जेठ १ गतेदेखि सात दिनका लागि सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले जानकारी दिए । “खुुलालु क्षेत्रको सडक स्तरोन्नति कार्य सुरु हुने भएकाले एक हप्ताका लागि सो क्षेत्रमा सडक बन्द गरिएको हो”, उनले भने, “करिडोर जोड्ने एउटामा मात्रै खुलालुु पुल हो । त्यही काम गर्नु परेकाले एक हप्ता बन्द गरिएको हो ।”

सडक बन्दले कर्णाली करिडोर हुँदै कालीकोटको नहरिनाथ, सान्नी त्रिणेणी, पचालझरना, पलाँता गाउँपालिका, रास्कोट नगपालिका, बाजुरा, मुगु र हुम्ला जानका लागि आवातजावत प्रभावित हुने भएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ८ : ५४ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब