धनगढीमा मनाइयो शिक्षक संघको स्थापना दिवस « Khabarhub

धनगढीमा मनाइयो शिक्षक संघको स्थापना दिवस


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

धनगढी – धनगढीमा नेपाल शिक्षक संघको स्थापना दिवस मनाइएको छ। धनगढी उपमहानगरपालिका कार्य समितिको आयोजनामा शनिबार शिक्षक संघको ३४औं स्थापना दिवस ३४ वटा दीप प्रज्वलन गरी मनाइएको हो।

२०४७ सालमा स्थापना भएको शिक्षक संघले वैशाख ३० गते हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ। कार्यक्रममा उपमहानगरपालिकाका विभिन्न विद्यालयका शिक्षक र शिक्षक संघका विभिन्न तहका कार्यसमितिका सदस्य एवम् पदाधिकारी तथा नेपाल ट्रेड युनियन कांग्रेसका शिक्षक नेताहरूको उपस्थिति रहेको नेपाल शिक्षक संघ धनगढीका अध्यक्ष मोहन भण्डारीले बताए।

नेपाल शिक्षक संघ कैलालीको भवनमा सम्पन्न दीप प्रज्वलन कार्यक्रममा नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष डिल्लीराज पन्त, महासचिव प्रेमबहादुर शाही, नेपाल शिक्षक संघका निवर्तमान संघीय उपाध्यक्ष लक्ष्मण दत्त भट्ट, सुदूर पश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेय, नेपाली लेखक संघका केन्द्रीय सदस्य गणेश नेपालीले आफ्नो धारणा राखेका थिए।

त्यस्तै नेपाल शिक्षक संघ कैलालीका सचिव हरिस ओझा, अर्थ सचिव देवराज जोशी, नेपाल शिक्षक महासंघका सहसचिव पदमराज जोशी, नेपाल ट्रेड युनियन कांग्रेस सुदूरपश्चिम उपाध्यक्ष शान्ति सिंह शाही, नेपाल ट्रेड युनियन कांग्रेसका कैलालीका सचिव डबल बहादुर बम, प्रदेश प्रतिनिधि इन्दिरा जोशी, कोषाध्यक्ष सागर जोशी, प्रतिनिधि परमानन्द भट्ट, नेपाल शिक्षक संघ धनगढीका निवर्तमान अध्यक्ष नवराज ओझा, उपाध्यक्षहरू हरिस चन्द, उमा सुबेदीलगायतले आफ्नो धारणा राखेका थिए।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ९ : ४१ बजे

कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट

नेपालगञ्ज–  नेपालगञ्ज उपमहानगरपालिकाले कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिँदै

वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रममा

हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छ : न्यायाधीश फुँयाल

काठमाडौं– सर्वोच्च अदालत न्यायाधीश हरिप्रसाद फुँयालले हरेक व्यवसाय मानव अधिकारमैत्री

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं– बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक बैठक स्थगित गरिएको छ ।

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि