आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट | Khabarhub Khabarhub

आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकले घटेको छ । आइतबार नेप्से सुचकमा १६.९६ अंकले ओरालो लागि १८२१.६४ विन्दुमा आएर रोकिएको छ।

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ३.५२ अंकले घटेर ३४९.५८ विन्दुमा पुगेको छ। आज नेप्से सुचकको ४० कम्पनीमा वृद्धि भएको छ । १६९ कम्पनीमा ओरालो लागेको छ भने ९ कम्पनी स्थिर रहेको छ ।

यसअघि बिहीबार नेप्से सुचकमा ३.३४ अंकले ओरालो लागि १८३८.५९  विन्दुमा आएर रोकिएको थियो। आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २६३ कम्पनीको २७ लाख ८८ हजार ८१५ कित्ता सेयर खरिद बिक्री हुँदा ९० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट ५ करोड ३७ लाख माथिको कारोबार भएको छ । यसैगरी हिमालय डिस्टिलरी र एनआइसि एशियाको ४ करोडमाथिको कारोबार भएको छ। यता १३ उपसुचकहरु मध्ये इन्भेष्टमेन्ट सुचक १.१३ प्रतिशतले वृद्धि भएको र बाँकी सबैभन्दा उपसुचकहरु घटेको छ । 

आजको कारोबारमा आत्म निर्भर लघुवित्त वित्तिय संस्थाको १० प्रतिशतले सेयर मूल्य बढेको छ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ३ : ४४ बजे

उत्तरको राजनीतिक प्रणालीप्रति ‘सम्मान’ छ, ‘सैन्य विश्वास’ निर्माण गर्छौँ : दक्षिण कोरियाली राष्ट्रपति ली

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले शुक्रबार उत्तर कोरियाको

पियोर इनर्जीले बोलायो साधारणसभा, लाभांश छैन 

काठमाडौं– पियोर इनर्जी लिमिटेडले आठौँ वार्षिक साधारणसभा बोलाएको छ ।

सकियो १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच

काठमाडौं– भक्तपुर थिमीमा १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच सकिएको

भारतीय दूतावासमा यसरी मनाइयो स्वतन्त्रता दिवस (तस्बिरहरू)

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासमा स्वतन्त्रता दिवस मनाइएको छ। नेपालमा रहेका

भोजपुरका किसानलाई कोदो रोप्न चटारो

भोजपुर– यहाँका किसान कोदो रोप्नमा व्यस्त भएका छन् । यसअघि