राप्रपाले जेठ चार गते काठमाडौँमा भ्रष्टाचारविरुद्ध आमसभा गर्ने « Khabarhub

राप्रपाले जेठ चार गते काठमाडौँमा भ्रष्टाचारविरुद्ध आमसभा गर्ने


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी जेठ चार गते काठमाडौँमा भ्रष्टाचारविरुद्ध आमसभा गर्ने भएको छ ।

आइतबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भूटानी शरणार्थी प्रकरण लगायत सबै भ्रष्टाचारका काण्डलाई छानबिन गर्न दबाब दिने उद्देश्यका साथ काठमाडौँमा पार्टीले आमसभा गर्न लागेको जानकारी दिएका हुन् ।

शरणार्थी प्रकरणको छानबिनलाई सशक्त बनाउनुपर्ने र छानबिनको कामलाई कमजोर बनाउन नहुने उनले बताए । उनले राप्रपा सशक्त प्रतिपक्षमा बसेर भ्रष्टाचार, सुशासन र राष्ट्रियताको पक्षमा आवाज उठाउने धारणा राखे ।

भ्रष्टाचारका विषयमा आवाज उठाउने नैतिक क्षमता भएको एक मात्रै पार्टी राप्रपा भएको उनले बताए । उनले प्रहरीले राम्रो काम गरिरहेको भन्दै स्वतन्त्रपूर्वक काम गर्ने वातावरण बनाउनुपर्ने जिकिर गरे ।

त्यस्तै लिङ्देनले सोमबारबाट सुरु हुने पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका साङ्गठनिक गतिविधिको समीक्षा लगायतका विषयमा छलफल हुने जानकारी दिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ४ : २७ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका