सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल र मनाङ मर्स्याङ्दीको बराबरी | Khabarhub Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल र मनाङ मर्स्याङ्दीको बराबरी


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युवा क्लब र मनाङ मर्स्याङ्दी क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । 

ललितपुरस्थित च्यासल मैदानमा आइतबार जावलाखेल र मनाङले २-२ को बराबरी खेल्दै अंक बाडेका हुन् । खेलमा जावलाखेलले ३३ औं मिनेटमा एनकोटो मासोबीको गोलमा अग्रता बनाएको थियो । त्यस्तै ७५ औं मिनेटमा हिसुब थपलियाले जावलाखेलको अग्रतालाई दोब्बर बनाएका थिए भने खेलको  ८० औं मिनेटमा विशन गुरुङले मनाङका लागि पहिलो गोल फर्काएका थिए । खेलको अन्तिम मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै जावलाखेललाई रोक्न सफल भए । बराबरीसँगै जावलाखेल ३१ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । मनाङ २२ अंक सहित सातौँ स्थानमा छ ।

त्यस्तै आइतबार नै एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटी र फ्रेन्ड्सले बराबरी खेले । दुवै टिमले २-२ खेलको बराबरी खेल्दै अंक बाँडेका हुन् । बराबरीसँगै एनआरटी २२ अंकका साथ तालिकाको आठौँ स्थानमा छ भने फ्रेन्ड्स २० अंकका साथ तालिकाको ११ औं स्थानमा छ । 

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ७ : २३ बजे

गिजोलियो शिक्षा विधेयक, सहमति जुटाउन भन्दै उपसमितिमै फर्काइयो

काठमाडौं- प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिले विद्यालय

सलमान खान बने क्रिकेट टिमको मालिक

काठमाडौं – बलिउड नायक सलमान खान क्रिकेट टिमको मालिक बनेका

संस्कृत विश्वकै सम्पत्ति : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषा नेपाल र भारतको मात्र

कृषकलाई अनुदानमा मौरी घार वितरण

रामपुर– रामपुर नगरपालिकाका किसानलाई मौरीघार वितरण गरिएको छ । मौरीपालन