एभर्टनलाई पराजित गर्दै म्यानचेस्टर शीर्षस्थानमा « Khabarhub

एभर्टनलाई पराजित गर्दै म्यानचेस्टर शीर्षस्थानमा


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिगको जारी खेलमा म्यानचेस्टर सिटीले उपाधि जित्ने सम्भावनालाई बढाएको छ ।

गुडिसन पार्कमा आइतबार राति भएको खेलमा घरेलु टोली एभर्टनलाई ३–० ले पराजित गर्दै उपाधिको सम्भावना बढाएको हो ।

यस जीतसँगै दोस्रो स्थानको आर्सनललाई ४ अंकले पछि पार्दै म्यानचेस्टरले उपाधिको सम्भावनालाई थप बलियो बनाएको हो  ।

म्यानचेस्टरले पहिलो हाफमै दुई गोल गरेको थियो । ३७औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाए ।

त्यसको केही बेरमा अर्थात् ३९औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई पहिलो हाफमा नै २–० को अग्रता दिलाउन योगदान गरे ।

दोस्रो हाफको सुरुमै ५१औं मिनेटमा गुन्डोगानले फ्रि किकमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सिटीलाई ३-० को जीत दिलाए।

त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन, अन्ततः म्यानचेस्टर ३-० को अग्रतासहित उपाधि होडतर्फ थप अग्रसर हुन पुग्यो ।

यस जितसँगै शीर्षस्थानमा रहेको सिटीको ३५ खेलबाट ८५ अंक पुगेको छ भने पराजित एभर्टन ३६ खेलबाट ३२ अंक जोडेर १७औं स्थानमा सीमित रहेको छ ।

समान खेलबाटै दोस्रो स्थानमा रहेको आर्सनलले ८१ अंकसहित म्यानचेस्टरलाइ पछयाईरहेको छ भने एभर्टनलाई पराजित गरेको म्यानचेस्टरले थप ४ अंक जोडेर उपाधि होडमा आफूलाई शीर्षस्थानमा राखेको छ ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ७ : ०७ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु