प्रधानमन्त्री प्रचण्डसहित पाँच नेता आज एउटै मञ्चमा हुने | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्डसहित पाँच नेता आज एउटै मञ्चमा हुने


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ५९औँ विद्यार्थी एकता दिवसको अवसरमा पाँच वामपन्थी विद्यार्थी सङ्गठनले आज विशेष कार्यक्रमको आयोजना गरेका छन्।

नेकपा माओवादीनिकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियु, राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौँ, नेसपा निकट समाजवादी विद्यार्थी युनियन र नेकपानिकट अखिल क्रान्तिकारीले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन्।

राष्ट्रिय नाचघरमा मध्याह्न १२ बजे सुरु हुने कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीद्वय नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले संवोधन गर्ने तयारी छ । यसैगरी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव पनि सहभागी हुने अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिएका छन्।

‘विद्यार्थी दिवस र अबको बाटो’ नाम दिइएको कार्यक्रममार्फत ‘विद्यार्थीहरुमा एकताको सन्देश दिन संयुक्त कार्यक्रम गर्न लागेका छौँ।’ पराजुलीले भने, ‘पार्टी सडक र सत्तामा जहाँ भए पनि हामी सँगै छौ र सँगै हुनेछौ।’

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ८ : ०० बजे

सर्वोउत्कृष्ट १० कविता पुरस्कारका लागि सिफारिस

काठमाडौं – नेपाल प्रज्ञा प्रतिष्ठानले सर्वोउत्कष्ट १० कविता पुरस्कारका लागि

विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यमा पौडेल नियुक्त

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको सदस्यमा इञ्जिनियर रोहित

तेहरानमा हालसम्मकै शक्तिशाली आक्रमण गरेको इजरायलको दाबी

तेहरान – इजरायलले सोमबार इरानको राजधानी तेहरानमा स्थित इरानी सेनाको

हदबन्दी माथिको जग्गा अनियमितता गर्नेलाई कारबाही हुन्छः मन्त्री अधिकारी

काठमाडौं – भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले

घरेलु मदिराको बजारीकरण विशेष प्राथमिकतामा छः उद्योगमन्त्री भण्डारी

काठमाडौं – सरकारले घरेलु मदिराको बजारीकरण गरी आर्थिक उपार्जनका लागि