ला लिगाको उपाधि बार्सिलोनालाई « Khabarhub

ला लिगाको उपाधि बार्सिलोनालाई


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बार्सिलोना स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । स्पान्योललाई ४–२ ले पराजित गर्दै बार्सिलोना चार खेल बाँकी छँदै ला लिगा च्याम्पियन बनेको हो ।

आरसिडिई स्टेडियममा आइतबार राति भएको खेलको ११औ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए भने २०औं मिनेटमा एलेक्स बाल्डेले गोल गर्दै २–० को अग्रता दिलाउन सफल भए । ४०औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा नै ३–० को सानदार अग्रता लिन सफल भयो ।

दोस्रो हाफको सुरुवाती ५३औं मिनेटमा जुल्स कुन्डेले थप गोल गरेपछि बार्सिलोना खेलमा ४–० को थप अग्रता जुटाउन सफल भयो । तर, यो अग्रता लामो समयसम्म स्थिर भने रहन सकेन ।

७३औं मिनेटमा जेभिएर पुएडोले गोल गर्दै खेललाई ४–१ को स्थितिमा फर्काए । त्यसमाथी इन्ज्युरी समयमा जोसेलुले गोल गर्दै खेललाई ४–२ को ल्र्यादिए । त्यसपछि दुवैतर्फवाट कुनै गोल हुन नसके पछि खेल ४–२ मा टुंग्याउँदै बार्सिलोनाले जीत हासिल ग¥यो ।

यस जितसँगै बार्सिलोनाले ३४ खेलबाट ८५ अंक जुटाएको छ भने पराजित स्पान्योल ३४ खेलबाट ३१ अंक जोडेर १९औं स्थानमा सिमित रहेको छ ।

बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडलाई १४ अंकले पछि पारेको छ, अब बार्सिलोनाले सबै चार खेलमा हार र रियलले सबै चार खेलमा जित निकाले पनि नतिजा भने बार्सिलोनाको पक्षमा आउनेछ ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ८ : ५५ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही