प्रतिनिधिसभा बैठकमा एक कार्यसूची थपियो « Khabarhub

प्रतिनिधिसभा बैठकमा एक कार्यसूची थपियो


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद् अन्तर्रगतको प्रतिनिधिसभा बैठकमा एक कार्यसूची थप भएको छ । संघीय संसद्  सचिवालयले यसअघि सार्वजनिक गरेको सम्भावित कार्यसूची भन्दा थप एक विषय थपेर नयाँ कार्यसूची सार्वजनिक गरिएको छ । 

जसअनुसार ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली संसोधन समिति गठन गरियोस’ भनी समितिमा रहने माननीय सदस्यहरूको नामावली प्रस्ताव प्रस्ताव हुने भएको छ । 

प्रतिनिधिसभाको दोस्रो अधिवेशनको पाँचौ बैठक सुरु हुन लागेको छ ।  बैठक अपरान्ह १ बजे, बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने भनिएको थियो ।  यसअघि सार्वजनिक भएको कार्यसूचीमा दुईवटा मात्र बुँदा उल्लेख  थियो । 

जसअनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘भ्रष्टाचार निवारण (पहिलो संसोधन) विद्येयक २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नेछन् । 

यसैगरी, आज सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरिने महासचिव भरतराज गौतमले जानकारी दिए । 

बस्नेतको गत २०८० बैशाख २९ गते ७८ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  १ : ३१ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा