भ्रष्टाचार नियन्त्रण गर्न साझा संकल्प गरौँ : सांसद पौडेल « Khabarhub

भ्रष्टाचार नियन्त्रण गर्न साझा संकल्प गरौँ : सांसद पौडेल


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैठकमा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले भ्रष्टाचारको विषय पक्ष र प्रतिपक्षको विषय नभइ नेपालको नागरिकहरूको साझा विषय भएकाले साझा संकल्प सहित अघि बढ्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उनले शरणार्थी प्रकरणलाई अहिले विषयान्तर गर्न नहुने र सत्यतथ्यमा  पुर्‍याउनका लागि सहयोग  पुर्‍याउनुपर्ने सबैको दायित्व भएको धारणा राखेका छन् । 

सांसद पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि सबै राजनीतिक दलहरूले साझा संकल्प गर्नुपर्नेमा जोड दिएका थिए ।  

नक्कली भुटानी शरणार्थी प्रकरणमा एक-अर्कालाई आरोप प्रत्यारोप नगरी छानबिनलाई निष्कर्षमा पुर्‍याउन सम्बन्धित निकायलाई सबैले सहयोग पुर्‍याउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ४ : ४३ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा