नाबालिका बेचबिखन गर्ने अभियुक्त पक्राउ  « Khabarhub

नाबालिका बेचबिखन गर्ने अभियुक्त पक्राउ 


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नाबालिका बेचबिखन गर्ने अभियुक्त पक्राउ परेकी छिन् ।

भारतको आसाम पुर्‍याई नाबालिका बेचबिखन गरेको अभियोगमा म्याग्दी रघुगंगा गाउँपालिका ३ बस्ने ३० वर्षीया अप्सरा भन्ने एलिना खत्रीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँमा बस्ने आफन्तकोमा जान्छु भनी नुवाकोटबाट बसमा जाने क्रममा ती नाबालिगकालाई बसमा सँगै रहेका पुरुषले खानेकुरा तथा पानीमा बेहोस हुने औषधि मिसावट गरी खुवाई बेहोस बनाई भारत आसामको कछर सिल्चर भन्ने स्थानको रेड लाइट एरियाको कोठीमा पुर्‍याई बेचबिखन गरी जबरजस्ती वेश्यावृत्तिमा लगाई राखेको अवस्थामा नेपाल प्रहरी, भारतीय प्रहरी र माइती नेपालको सहयोगमा ती नाबालिकाको उद्धार गरिएको थियो ।

थप अनुसन्धानको क्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा उक्त कार्यमा संलग्न एलिना खत्रीलाई झापाबाट पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ भने कसूरमा संलग्न अन्य फरार प्रतिवादीहरूको समेत खोजी भइरहेको छ ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ६ : ४४ बजे

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच