शहीद भीमनारायण श्रेष्ठ फुटबल : वीरगञ्ज युनाइटेड फाइनलमा « Khabarhub

शहीद भीमनारायण श्रेष्ठ फुटबल : वीरगञ्ज युनाइटेड फाइनलमा


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज : वीरगञ्ज युनाइटेड क्लब धनकुटामा जारी १५औँ शहीद भीमनारायण श्रेष्ठ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा वीरगञ्ज युनाइटेडले झापा फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।

खेलको २५औँ मिनेटमा वीरगञ्ज युनाइटेडका अम्मर डङ्गोलले गरेको गोल नै निर्णायक बन्यो । खेलको ‘म्यान अफ दी म्याच’ पनि डङ्गोल नै घोषित भए । उनले रु चार हजार पुरस्कार प्राप्त गरे ।

मङ्गलबार वीरगञ्ज युनाइटेड र प्लानिङ ब्वाइज काठमाडौँ बीच फाइनल खेल हुने आयोजक संस्थाले जनाएको छ । विजेता टोलीले उपाधिसहित रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ९ : २९ बजे

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम

रास्वपा महाधिवेशन : राति १० बजेदेखि मतदान

काठमाडौं – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत केन्द्रीय