शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै « Khabarhub

शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । जसअनुसार दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को एक खेल च्यासल खेल मैदान, ललितपुरमा हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार च्यासल खेल मैदानमा प्रहरीका दुई विभागीय टोली बिच प्रतिस्पर्धा हुनेछ । जसअनुसार सो मैदानमा नेपाल पुलिस क्लब र एपीएफ फुटबल क्लब एक आपसमा भिड्नेछन् । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

यसैगरी, दशरथ रंगशालामा दिउँसो ३ बजे पहिलो खेल सुरु हुनेछ, जुन खेलमा थ्रि स्टार क्लब र त्रिभुवन आर्मी क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।

रंगशालामा नै हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लब र चर्च ब्वाइज भिड्नेछन् । जुन खेल साँझ ६ बजेबाट सुरु हुनेछ । 

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ९ : ०७ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही