अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा अर्थमन्त्रीसँग छलफल गरिने | Khabarhub Khabarhub

अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा अर्थमन्त्रीसँग छलफल गरिने


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले अर्थतन्त्रमा अहिलेको सूचकहरूमा बारेमा अर्थमन्त्रीसँग छलफल गर्ने भएको छ । 

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले अर्थतन्त्रको अवस्थामा र सूचकहरूमा बारेमा अर्थमन्त्रीसँग छलफल गर्ने निर्णय भएको समिति सदस्य ज्ञानेन्द्र शाहीले जानकारी दिए । त्यस्तै अर्थतन्त्रसम्बन्धी सरोकारवालाहरूसँग छलफल गरि बजेट निर्माणमा सहयोग गर्ने निर्णय भएको उनले बताए । समितिलाई पूर्णरुपमा डिजिटल प्लेटफर्ममा लैजाने विषयमा पनि छलफल भएको शाहीले बताए ।

बैठकमा बजेटका बारेमा समितिले आवश्यक सुझाव दिनुपर्ने बताए । सांसद विष्णु पौडेलले बजेटको पोलिसीमा सुझावहरू दिनुपर्ने र छलफलमा अर्थमन्त्रीमा बोलाउनुपर्ने बताए ।

 त्यस्तै सांसदहरुले समितिको डिजिटल अभिलेखिकरणलाई व्यवस्थित गर्नुपर्ने बताएका थिए । अर्थ समितिको पहिलो बैठक कांग्रेस सांसद सन्तोष चालिसेको सभापतित्वमा बसेको थियो ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  १२ : ०० बजे

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो