अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा अर्थमन्त्रीसँग छलफल गरिने « Khabarhub

अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा अर्थमन्त्रीसँग छलफल गरिने


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले अर्थतन्त्रमा अहिलेको सूचकहरूमा बारेमा अर्थमन्त्रीसँग छलफल गर्ने भएको छ । 

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले अर्थतन्त्रको अवस्थामा र सूचकहरूमा बारेमा अर्थमन्त्रीसँग छलफल गर्ने निर्णय भएको समिति सदस्य ज्ञानेन्द्र शाहीले जानकारी दिए । त्यस्तै अर्थतन्त्रसम्बन्धी सरोकारवालाहरूसँग छलफल गरि बजेट निर्माणमा सहयोग गर्ने निर्णय भएको उनले बताए । समितिलाई पूर्णरुपमा डिजिटल प्लेटफर्ममा लैजाने विषयमा पनि छलफल भएको शाहीले बताए ।

बैठकमा बजेटका बारेमा समितिले आवश्यक सुझाव दिनुपर्ने बताए । सांसद विष्णु पौडेलले बजेटको पोलिसीमा सुझावहरू दिनुपर्ने र छलफलमा अर्थमन्त्रीमा बोलाउनुपर्ने बताए ।

 त्यस्तै सांसदहरुले समितिको डिजिटल अभिलेखिकरणलाई व्यवस्थित गर्नुपर्ने बताएका थिए । अर्थ समितिको पहिलो बैठक कांग्रेस सांसद सन्तोष चालिसेको सभापतित्वमा बसेको थियो ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  १२ : ०० बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल