आरजु राणासम्बन्धी अडियो झूठो, नक्कली शरणार्थी प्रकरणमा मिडिया ट्रायल भयो : प्रवक्ता महत « Khabarhub

आरजु राणासम्बन्धी अडियो झूठो, नक्कली शरणार्थी प्रकरणमा मिडिया ट्रायल भयो : प्रवक्ता महत


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नक्कली शरणार्थी प्रकरणमा आएको केन्द्रीय सदस्य आरजु राणासम्बन्धी अडियो झूठो भएको दाबी गरेका छन् ।

नक्कली शरणार्थी प्रकरणमा मिडिया ट्रायल भएको भन्दै ‘दोषीलाई कारबाही होस, निर्दोष नफसून’ भन्नेमा कांग्रेस दृढ रहेको पनि उनले जनाएका छन् ।

‘आरजु राणाको नाममा आएको अडियो झूठो भएको हामीलाई विश्वास छ,’ उनले भने, ‘उहाँ (राणा) स्वयंले पनि सो अडियो झूठो भएको भन्दै प्रहरीमा उजुरी दिनुभएको छ, त्यसको सत्य तथ्य अझै बाहिर आएको छैन्, यो आउनुपर्छ भनेर हिजो पनि उहाँले (संसदमा) बोल्नुभएको छ ।’

मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्रीसमेत रहेको महतले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कांग्रेसले गम्भिरतापूर्वक लिएको पनि जनाएका छन ।

‘बालकृष्ण खाँणजीमाथि पनि अनुसन्धान जारी रहेको छ, उहाँमाथी पनि छानबिन जारी छ, सो छानबिन पछि केही न केही त अवश्य निष्कर्ष आउनेछ, हामी निष्कर्षको पखाईमा छौं’, उनको प्रतिक्रिया थियो ।

यस विषयलाई लिएर पार्टीभित्र कुनै विवाद नभएको पनि उनको भनाइ छ । ‘महामन्त्रीहरुले पनि त्यसबारेमा कुनै फरक मत राख्नु भएको छैन, पार्टी निर्णयप्रति उहाँहरु प्रतिबद्ध रहनु भएको छ’ उनले भने ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  १२ : ३८ बजे

सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्ष उद्घाटन (तस्बिरहरू)

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारस्थित मन्त्रालय

होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी झुन्डिएको अवस्थामा मृत भेटिए

भक्तपुर- भक्तपुरको मध्यपुरथिमि नगरपालिका-९, बोडेस्थित कृषि तालिम केन्द्रको होल्डिङ सेन्टरमा

‘सनरूफ’बाट हात हल्लाउँदै देउवा (तस्बिहरू)

काठमाडौं– साढे ५ महिनापछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति

जनताका चाहना असीमित, स्रोत सीमित छ : अर्थमन्त्री

दमौली– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न

जापानिज इन्सेफ्लाइटिसबाट पाँचको मृत्यु

भद्रपुर– जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको