पोखरा महानगरले उद्यमशीलता तालिम दिने  « Khabarhub

पोखरा महानगरले उद्यमशीलता तालिम दिने 


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्कीको पोखरा महानगरपालिकाले विभिन्न सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ ।

महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्र (बिबिसी) को आयोजनामा विभिन्न १० विधामा दुई सय ४० जनालाई सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्न लागेको हो ।

छनोट भएकालाई अभिमुखीकरण गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरभित्र स्वरोजगार सृजना गर्दै उद्यमशीलता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए ।

‘महानगरपालिकाभित्र स्वरोजगार बन्न, तालिमका विभिन्न अवसर सृजना गर्न,  तालिमपश्चात् आवश्यक प्राविधिक सहयोग गर्ने, सुरुआतमा बीउ पुँजी दिनेलगायत काममा सहयोग गर्छौँ, उनले भने । सानो लगानीबाट पनि व्यावसायिक सफलता प्राप्त गर्न सकिने प्रमुख आचार्यले बताए ।

पोखरा–१७ की वडाअध्यक्ष राधिकाकुमारी शाही योगीले तालिमबाट सहभागीलाई व्यावसायिक जीवनको ठोस आकार दिन पर्याप्त अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले तालिम व्यावहारिक र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । विभिन्न सङ्घसंस्थासितको समन्वय र महानगरपालिकाको लगानीमा  तालिम सञ्चालन गर्न लागिएको हो ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  १ : ५५ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट