गर्भवती बोकेको एम्बुलेन्स ट्रकमा ठोक्किँदा चार जना घाइते « Khabarhub

गर्भवती बोकेको एम्बुलेन्स ट्रकमा ठोक्किँदा चार जना घाइते


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

चितवन– गर्भवती बोकेको एम्बुलेन्स ट्रकमा ठोक्किँदा चार जना घाइते भएका छन् ।

नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत रामनगरकाे सडकमा रोकिराखेको ना ७ ख ६४ नम्बरको ट्रकमा गर्भवती बोकेको एम्बुलेन्स ठोक्किँदा चार जना घाइते भएका हुन । उक्त एम्बुलेन्समा गर्भवती सृजना गौतम गोरखाबाट उपचारका लागि भरतपुर आउँदै थिइन् ।

जिल्ला प्रहरी कार्यालय चितवन ट्रकमा ठोक्किएर घाइते भएका मध्ये एम्बुलेन्स चालक गोरखा, सुलिकोट गाउँपालिका– ६ का एक बहादुर सुनार र गर्भवती सृजना गौतमको अवस्था गम्भीर रहेको छ भने गर्भवती गौतमको अनुहार र खुट्टामा गम्भीर चोट लागेको छ।

उनका श्रीमान सुदिप गौतम मध्यम र मिना कोइराला भने सामान्य घाइते भएका छन्।  उनीहरू सबैको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ ।

थप अनुसन्धानका लागि ट्रक चालक हेटौँडा उपमहानगरपालिका– १९ का सुरज श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ४ : ०३ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा