काठमाडौँमा ‘नेपाल चेम्बर एक्स्पो २०२३’ हुने  « Khabarhub

काठमाडौँमा ‘नेपाल चेम्बर एक्स्पो २०२३’ हुने 


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ‘नेपाल चेम्बर एक्स्पो २०२३’ जेठ ४ गतेदेखि काठमाडौँमा सुरु हुने भएको छ ।

चेम्बरले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जेठ ४ देखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा एक्स्पो आयोजना गर्न लागेको जानकारी दिएको हो ।

निर्यात प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठन केन्द्रित क्रियाकलाप नै आर्थिक कूटनीतिको उद्देश्य भएकाले मेला आयोजना गर्न लागिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।

छैटौँ संस्करणको रूपमा सञ्चालन हुन लागेको एक्स्पोमा व्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिएको उनले बताए ।

१५० भन्दा बढी स्टल रहने एक्स्पोमा नेपाल लगायत भारत, पाकिस्तान, बंगलादेश, तथा अन्य मुलुकमा उत्पादित सामाग्रीहरू रहने मल्लले जानकारी दिए । मुलुकको आर्थिक क्षेत्रलाई चलायमान बनाउनका लागि पनि एक्स्पोको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

एक्स्पोमा अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक, फ्लोरिङ, होम अप्लायन्सेस, फेसन वेयर एण्ड एसेसोरिज, गार्मेन्ट एण्ड टेक्स्टायल, मोबाइल एण्ड ग्यालेट्जलगायत सामग्रीको प्रदर्शनी गरिने आयोजकको भनाइ छ ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ५ : १६ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब