ए डिभिजन लिगमा थ्री स्टार र आर्मीको बराबरी « Khabarhub

ए डिभिजन लिगमा थ्री स्टार र आर्मीको बराबरी


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन् ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टार र आर्मीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको ६९ औँ मिनेटमा लाकेन लिम्बुले गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ८६ औँ मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । यस बराबरीसँगै थ्री स्टारले १८ खेलमा २६ अंक जोडेको छ । आर्मीले १८ खेलमा २५ अंक जोडेको छ ।

त्यस्तै मंगलबार नै च्यासल मैदानमा पुलिसले एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

पुलिसको जितमा मोसेस ग्याबाह तुमले खेलको ६१ औँ मिनेटमा निर्णायक गोल गरे । जितसँगै पुलिसले १८ खेलमा २२ अंक जोडेको छ । एपीएफले १८ खेलमा २२ अंक नै जोडेको छ ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ६ : १९ बजे

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ– स्वास्थ्य सुविधालाई थप सहज बनाउन बागलुङका ४९ स्वास्थ्य संस्थालाई

सौगातले सके ‘बब डाई’को सुटिङ

काठमाडौं – नायक सौगात मल्लले फिल्म ‘बब डाई’को सुटिङ सकेका

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी– थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै गुल्मीमा हालसम्म

‘कमेडी दरबार’ टोली अस्ट्रेलिया ‘टूर’मा जाँदै

काठमाडौं – हाँस्य टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’को टोलीले अस्ट्रेलिया टूर

स्याङ्जाको अर्जुनचौपारीमा ६१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

स्याङ्जा– स्याङ्जाको अर्जुनचौपारी गाँउपालिका वडा नम्बर २ लामडाँडामा आयोजित निःशुल्क