सरकारद्वारा मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा | Khabarhub Khabarhub

सरकारद्वारा मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले जनआन्दोलनमा घाइते भई केही दिन अघि निधन भएका मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जनआन्दोलनमा घाइते भएर केही दिनअघि निधन भएका मुकेश कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

जनआन्दोलनमा घाइते भएका मुकेशको वैशाख २७ गते मृत्यु भएको थियो ।

बैठकले एपिजी बैठकमा भाग लिन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेतृत्वको टोलीलाई स्वीकृति दिएको छ । त्यस्तै मोतीपुर सवस्टेशन निर्माणका लागि बाणगंगा नगरपालिकामा १५ बिगाहा जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने निर्णय भएको छ ।

त्यस्तै बैठकले बुटवल–गोरुसिंगे–चन्द्रौटा सडकको विस्तारित सडक सीमाभित्रका घर टहराहरू हटाई क्षतिपूर्ति दिने निर्णय गरेको छ भने तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्माण गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता शर्माले बताइन् ।

त्यस्तै प्रवक्ता शर्माले नागरिकता विधेयक प्रमाणीकरण गर्नु सरकारको भन्दापनि आम जनताको हतारोको विषय भएकाले यसलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग जोडेर नहेर्न आग्रह गरिन् । उनले नागरिकता ऐन प्रमाणीकरणका लागि सरकारका तर्फबाट राष्ट्रपतिलाई कुनै दबाब नदिइएको स्पष्ट पारिन् ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ६ : ३४ बजे

पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध

खलङ्गा– महाकाली नगरपालिका–५ किम्तडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको

मौलापुर मेलामा रामापालको किताब च्यात्दै बेच्नेमाथि कुटपिट

रौतहट– रौतहटको मौलापुर नगरपालिकाद्वारा आयोजित छैटौँ मधानी महोत्सवको अवसरमा लागेको

पहिल्यै सोधिएको थियो– ‘फेरि रेशम फिलिली‘ले भुइँचालो त ल्याउँदैन ?

काठमाडौं – गत माघमा ‘फेरि रेशम फिलिली’को गीत ‘फेरि जालमा’

नेपाल इकोनोमिक्स ओलम्पियाडको छैटौँ संस्करण सुरू 

काठमाडौं– नेपाल इकोनोमिक्स ओलम्पियाडको छैटौँ संस्करण आजबाट सुरु भएको छ

एनआरएनएको विवाद मिलाउन शेष घले सक्रिय, आगामी वैशाखमा एकता महाधिवेशन गरिँदै

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका