राप्रपा अध्यक्ष लिङ्देनले आज  केन्द्रीय समितिमा जवाफ दिने | Khabarhub Khabarhub

राप्रपा अध्यक्ष लिङ्देनले आज  केन्द्रीय समितिमा जवाफ दिने


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

सोमवार सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा केन्द्रीय सदस्यहरूले राखेको धारणाको जवाफ आज दिईदैछ ।

यसैगरी उपाध्यक्ष हेमजङ गुरुङले सचिवालय सम्बन्धी प्रतिवेदन, महामन्त्री धवलशम्शेर राणाले सङ्गठन सम्बन्धी, कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक सम्बन्धी प्रतिवेदन पेस गरेका थिए। यी सबै प्रतिवेदनमाथि उठेका प्रश्नको आज जवाफ दिइने प्रवक्ता सगुन लावतीले जानकारी दिए । हिजो दिनभर ९ घण्टासम्म बैठक चलेको थियो। त्यस क्रममा सबै केन्दिय सदस्यहरूले ३-३  मिनेटमा आफ्नो धारणा राखेका थिए ।

अध्यक्ष लिङदेनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार भ्यागुताको धार्नी नपुगे जस्तै हुने मार्गमा रहेको तथा विदेशी इशारामा चल्न थाले पछि सरकार छाड्नु परेको, नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा पनि विदेशी संलग्न रहेको, सरकार निर्माण र विघटनमा बाह्य प्रभाव रहने गरेको र जसकाकारण राष्ट्रिय लज्जाको विषय बन्न पुगेको जस्ता बुँदा उल्लेख गरेर प्रतिवेदन पेस गरेका छन् ।

भ्रष्टाचारविरुद्धमा निर्मम भएर उभिन पार्टी पङ्क्तिलाई आग्रह गरेका अध्यक्ष लिङ्देनले मुख्य दलका अराजनीतिक गतिविधि र भ्रष्ट प्रवृत्तिका कारण संवैधानिक राजतन्त्रको औचित्य अझै बढ्न गएको निष्कर्षसहित पेस गरेका प्रतिवेदनमा हिजो केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखेका थिए । अध्यक्षको प्रतिवेदनको केही बुँदा संशोधन गर्नुपर्ने केही केन्द्रीय सदस्यको धारणा छ।

 

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ६ : ५५ बजे

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा

विगतका कमजोरी सुधार्दै अघि बढ्न राष्ट्रियसभा उपाध्यक्ष घिमिरेको अपिल

काठमाडौं – राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले विगतका कमजोरी सुधारेर अघि