राप्रपा अध्यक्ष लिङ्देनले आज  केन्द्रीय समितिमा जवाफ दिने « Khabarhub

राप्रपा अध्यक्ष लिङ्देनले आज  केन्द्रीय समितिमा जवाफ दिने


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

सोमवार सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा केन्द्रीय सदस्यहरूले राखेको धारणाको जवाफ आज दिईदैछ ।

यसैगरी उपाध्यक्ष हेमजङ गुरुङले सचिवालय सम्बन्धी प्रतिवेदन, महामन्त्री धवलशम्शेर राणाले सङ्गठन सम्बन्धी, कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक सम्बन्धी प्रतिवेदन पेस गरेका थिए। यी सबै प्रतिवेदनमाथि उठेका प्रश्नको आज जवाफ दिइने प्रवक्ता सगुन लावतीले जानकारी दिए । हिजो दिनभर ९ घण्टासम्म बैठक चलेको थियो। त्यस क्रममा सबै केन्दिय सदस्यहरूले ३-३  मिनेटमा आफ्नो धारणा राखेका थिए ।

अध्यक्ष लिङदेनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार भ्यागुताको धार्नी नपुगे जस्तै हुने मार्गमा रहेको तथा विदेशी इशारामा चल्न थाले पछि सरकार छाड्नु परेको, नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा पनि विदेशी संलग्न रहेको, सरकार निर्माण र विघटनमा बाह्य प्रभाव रहने गरेको र जसकाकारण राष्ट्रिय लज्जाको विषय बन्न पुगेको जस्ता बुँदा उल्लेख गरेर प्रतिवेदन पेस गरेका छन् ।

भ्रष्टाचारविरुद्धमा निर्मम भएर उभिन पार्टी पङ्क्तिलाई आग्रह गरेका अध्यक्ष लिङ्देनले मुख्य दलका अराजनीतिक गतिविधि र भ्रष्ट प्रवृत्तिका कारण संवैधानिक राजतन्त्रको औचित्य अझै बढ्न गएको निष्कर्षसहित पेस गरेका प्रतिवेदनमा हिजो केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखेका थिए । अध्यक्षको प्रतिवेदनको केही बुँदा संशोधन गर्नुपर्ने केही केन्द्रीय सदस्यको धारणा छ।

 

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ६ : ५५ बजे

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल