आज मदन-आश्रित स्मृति दिवस मनाइँदै  « Khabarhub

आज मदन-आश्रित स्मृति दिवस मनाइँदै 


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज मदन आश्रित स्मृति दिवस ।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिन ।

२०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा आज देशै भरी ‘मदन–आश्रित स्मृति दिवस’को मनाईदैछ ।

अबको शताब्दीमा ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ बाट सत्ता कब्जा गर्नुपर्छ भन्ने नयाँ कम्युनिस्ट मान्यता स्थापित गराउने नेतालाई सम्झना गर्ने दिनको रुपमा पनि आजको दिनलाई लिइन्छ ।

मुख्यतः नेकपा एमाले पार्टीको केन्द्रीय कार्यालय र मातहातका कमिटीसहित तीनका भातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी मदन–आश्रितको सम्झनामा विभिन्न कार्यक्रम गरी दिवगंत नेताहरुको सम्झना गर्ने गर्दछन् ।

‘बन्दुकको नालबाट मात्रै सत्ता कब्जा हुन्छ’ भन्ने परम्परागत कम्युनिस्ट मान्यतालाई चिर्दै ‘जनताको मतद्वारा नै सत्ता कब्जा हुन्छ’ भन्ने मान्यताका साथ ‘जनताको बहुदलीय जनवाद’ (जबज) सिद्धान्तका प्रतिपादक नेताको रुपमा मदन भण्डारीलाई कम्युनिस्ट आन्दोलनको इतिहासमा सम्झिन्छ ।

सो सिद्धान्त प्रतिवादन गरे पछि भण्डारीलाई पुँजीवादी मुलुकका अमेरिकन मिडियाहरूले जीवित ‘कार्ल मार्क्स’भनेर संसारभर चिनाउने प्रयास गरेका थिए । उनको सिद्धान्त पछि विश्वभरिका कम्युनिस्टहरू ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ वाट श्रमजीवि बर्गको सत्ता स्थापनाका लागि लाग्नु पर्छ भनेर प्रेरित हुन पुगेको राजनीतिक विश्लेषकहरूले बताउँदै आएका छन्  ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ७ : ०४ बजे

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

गलकोट– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको

भीरबाट लडेर घाइते एक जनाको निधन

अदानचुली– शुक्रबार दिउँसो भीरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी