मदन-आश्रित स्मृतिमा आयोजित खुला फुटबलमा ६० टिम सहभागी हुने « Khabarhub

मदन-आश्रित स्मृतिमा आयोजित खुला फुटबलमा ६० टिम सहभागी हुने


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मदन आश्रित स्मृति ‘नकआउट सेभेन ए साइड’ खुला फुटबल प्रतियोगिता आज सुरु हुने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी निकटको ‘पिपुल्स भोलेन्टियर्स’ को आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा बुधवारदेखि हुन लागेको उक्त प्रतियोगितामा ६० टोलीको सहभागिता रहने छ। प्रतियोगिता यही जेठ ८ गतेसम्म चल्ने छ ।

प्रतियोगिताका सबै खेल लैनचौरस्थित खेल मैदानमा खेलाइने युवा सङ्घका स्थायी कमिटी सदस्य समीप त्रिपाठीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उपाधि विजेता टोलीलाई रु. तीन लाख, उपविजेतालाई रु. दुई लाख र तेस्रो टोलीलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

नेकपा (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा परी उनीहरूको निधन भएको थियो।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ७ : ५१ बजे

राष्ट्रिय निकुञ्जभित्रका १० बस्ती स्थानान्तरण गर्न सिफारिस

दाङ– बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङको बबई गाउँपालिकाभित्रका १० बस्तीलाई

राजनीतिबाट ‘निष्क्रिय’ देउवा उपचारका लागि सिंगापुर उडे

काठमाडौं – चुनावको मुखमा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका अपदस्थ सभापति

निर्वाचनबारे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘बाँदर नियन्त्रणको खाका ल्याउँनेलाई भोट’

बागलुङ – बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले

सुर्खेत र बाँकेमा आज कांग्रेसको चुनावी सभा

काठमाडौं – प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै जनकपुरमा सभा गरेको