मदन-आश्रित स्मृतिमा आयोजित खुला फुटबलमा ६० टिम सहभागी हुने | Khabarhub Khabarhub

मदन-आश्रित स्मृतिमा आयोजित खुला फुटबलमा ६० टिम सहभागी हुने


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मदन आश्रित स्मृति ‘नकआउट सेभेन ए साइड’ खुला फुटबल प्रतियोगिता आज सुरु हुने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी निकटको ‘पिपुल्स भोलेन्टियर्स’ को आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा बुधवारदेखि हुन लागेको उक्त प्रतियोगितामा ६० टोलीको सहभागिता रहने छ। प्रतियोगिता यही जेठ ८ गतेसम्म चल्ने छ ।

प्रतियोगिताका सबै खेल लैनचौरस्थित खेल मैदानमा खेलाइने युवा सङ्घका स्थायी कमिटी सदस्य समीप त्रिपाठीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उपाधि विजेता टोलीलाई रु. तीन लाख, उपविजेतालाई रु. दुई लाख र तेस्रो टोलीलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

नेकपा (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा परी उनीहरूको निधन भएको थियो।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ७ : ५१ बजे

नेपाल विद्युत् प्राधिकरणलाई श्वेतपत्र सार्वजनिक गर्न रोक

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज सार्वजनिक गर्ने भनिएको श्वेतपत्र सार्वजनिक

रबि र रबिन्द्रलाई प्रतिशोधपूर्ण रूपमा थुनियो : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र

राउटे मुखिया सूर्यनारायणको मृत्यु

सुर्खेत– राउटे मुखिया सुर्यनारायण शाहीको मृत्यु भएको छ । जंगलमा

गगन थापा विरुद्धको मुद्दाको प्रारम्भिक सुनवाइ सकियो

काठमाडौं– नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्धको मुद्दामा प्रारम्भिक सुनुवाइ सकिएको

आँधीखोला गाउँपालिकाको जुग्ले–बाँगे सडक कालोपत्र

 वालिङ– स्याङ्जाको आँधीखोला गाउँपालिका–५ जुग्ले हुँदै बाँगे जाने सडक कालोपत्र