प्रधानमन्त्री प्रचण्डसँग अष्ट्रेलियाका सहायक विदेशमन्त्रीको भेटवार्ता « Khabarhub

प्रधानमन्त्री प्रचण्डसँग अष्ट्रेलियाका सहायक विदेशमन्त्रीको भेटवार्ता


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन् । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्री दाहालले नेपालको विकास र समृद्धिमा अष्ट्रेलिया सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेका थिए । प्रधानमन्त्री दाहालले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था र समस्याका बारेमा चासो व्यक्त गरेका थिए । सो अवसरमा उनले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको प्रधानमन्त्रीको सचिवालले जनाएको छ ।

भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगको विकास र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोगका बारेमा छलफल भएको थियो । मन्त्री वाट्सले अष्ट्रेलियामा नेपालीले राम्रो प्रभाव पारेको भन्दै उनीहरूको योगदानको प्रशंसा गरेका थिए । उनले नेपालको विकास र समृद्धिको अभियानमा अष्ट्रेलिया सरकार र जनताको सहयोग निरन्तर रहने विश्वास दिलाए ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ११ : २३ बजे

कृष्ण सिटौलाको तर्क : कांग्रेसको सभापति देउवा नै हुन्, हाम्रो पार्टी फुटेको छैन

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले पनि पार्टीको सभापति शेरबहादुर

शशांक भन्छन्– ‘हाम्रो सभापति देउवा नै हो, पार्टी एकताबद्ध हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवा

यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२/०८३ मा

आजको कार्टुन : ‘सिंहदरबार’ कि ‘शेर दरबार’ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापित शेरबहादुर देउवा