चीनमा डुंगा पल्टिंदा ३९ बेपत्ता, चिनियाँ राष्ट्रपतिद्वारा तीब्र उद्धारमा लाग्न निर्देशन « Khabarhub

चीनमा डुंगा पल्टिंदा ३९ बेपत्ता, चिनियाँ राष्ट्रपतिद्वारा तीब्र उद्धारमा लाग्न निर्देशन


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङले मध्य हिन्द महासागरमा मंगलबार गहिरो समुन्द्रमा माछा मार्ने एउटा चिनियाँ जहाज पल्टिए पछि बेपत्ता व्यक्तिको उद्धारका लागि हरसम्भव प्रयास गर्न आग्रह गरेका छन्।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले मंगलबार बिहान करिब ३ बजे भएको घटना पछि उक्त निर्देशन दिँदै सम्बन्धित विभागहरूलाई आपतकालीन प्रतिक्रिया संयन्त्रलाई तत्काल सक्रिय गर्न आग्रह गरेका हुन । 

उक्त घटनामा हालसम्म १७ चिनियाँ, १७ इन्डोनेसियाली र पाँच फिलिपिन्स नाविकसहित ३९ जना बेपत्ता भएका छन् । जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न गहिरो समुद्री अपरेशनहरूमा सम्भावित सुरक्षा जोखिमहरूको अनुसन्धान र प्रारम्भिक चेतावनीलाई अझ बलियो बनाउन प्रयासहरू गर्न आदेशसमेत दिएका छन् ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले सुरक्षित सामुद्रिक यातायात र उत्पादन सुनिश्चित गर्न समुद्रमा माछा मार्ने जहाजको सुरक्षा व्यवस्थापनलाई सुदृढ पार्ने हताहत कम गर्न सबै प्रयास गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  १२ : ३७ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर