अबका दिनमा हुने निर्वाचनमा कांग्रेस एक्लै जानुपर्छ : शेखर कोइराला « Khabarhub

अबका दिनमा हुने निर्वाचनमा कांग्रेस एक्लै जानुपर्छ : शेखर कोइराला


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अबका दिनमा हुने निर्वाचनमा कांग्रेस एक्लै जानुपर्ने बताएका छन् । 

काठमाडौँमा प्रजातान्त्रिक बिचार समाजको २५औं साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस यतिबेला अत्यन्तै अप्ठ्यारोमा परेको बताउँदै अब हरेक पाइलामा पार्टी एक्लै उभिनुपर्नेमा जोड दिएका हुन।

अहिलेको निर्वाचन पद्धतिले विकृति बढाएको भन्दै उनले यसलाई परिवर्तन गरेर समानुपातिक प्रणालीलाई हटाउनुपर्ने धारणा राखे ।

उनले पछिल्ला दिनहरूमा राजनीतिक दल र नेताहरुप्रती आम जनताको धारणा नकारात्मक रहेकोले अब सुध्रिने समय आएको पनि बताए ।

यसैबीच उनले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई कुनै बहानामा चोख्याउने काम हुन नहुने बताएका छन् । जुनसुकै दल वा जुन तहका व्यक्ति भए पनि कानुन बमोजिम कारबाही हुनुपर्नेमा उनको जोड छ । 

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  १ : १९ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ