राजनीति र कम्युनिष्ट आन्दोलनलाई भ्रष्टिकरणबाट जोगाउन चुनौति : माधव नेपाल | Khabarhub Khabarhub

राजनीति र कम्युनिष्ट आन्दोलनलाई भ्रष्टिकरणबाट जोगाउन चुनौति : माधव नेपाल


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालको राजनीति र कम्युनिष्ट आन्दोलनलाई भ्रष्टिकरणबाट जोगाउन चुनौति रहेको बताएका छन् ।

बुधबार ३० औं मदन-आश्रित स्मृति दिवसका अवसरमा पार्टी कार्यालय तीनकुनेमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले पार्टीभित्र अलोकतान्त्रिक चरित्र विद्यमान रहेको अवस्थामा राजनीति र कम्युनिष्ट आन्दोलनलाई भ्रष्टिकरणबाट जोगाउने चुनौति रहेको बताएका हुन् । उनले नीति भन्दा नेता प्रधान, सामूहिक नेतृत्वको सिद्धान्त पालना गर्नुभन्दा एउटा नेताको निर्देशन पालना गर्नुपर्ने अवस्था रहेको जिकिर गरे ।

उनले अहिलेको परिस्थितिमा कम्युनिष्ट पार्टीबीच एकताका लागि छलफल भइरहेको भन्दै समानताका आधारमा अघि बढ्ने मिलेर तयार रहेको बताए । अध्यक्ष नेपालले मदन भण्डारीले नेपाली राजनीतिलाई सही बाटोमा लिएर जाने अभियान स्मरण गरे । उनले मदन–आश्रितको रहस्यमय मृत्यु पर्दामा लुकेको भन्दै राम्रो सँग छानविन हुन नसकेको धारणा राखे ।

कार्यक्रममा समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकमा खुल्ला रुपमा भइरहेको विदेशीशक्तिको हस्तक्षेपलाइ रोक्नुपर्ने बताए । नेपाल असंलग्न मुलुक भएको भन्दै कुनै पनि शक्ति केन्द्रले नेपालसंग खेल्न खोजे स्वीकार्य नहुने उनले  बताए ।

खनालले कम्युनिष्ट आदर्शका वैचारिक योद्धाका रूपमा मदन-आश्रितका योगदानलाई स्मरण गर्दै पार्टीलाई क्रान्तिकारी पार्टीको रुपमा रूपान्तरण गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  २ : ३३ बजे

भूमिगत विद्युतीकरणको काम तीन महिनालाई स्थगित

चितवन– चितवनको भरतपुर महानगरपालिकामा जारी भूमिगत विद्युतीकरणको काम रोकिएको छ

क्लब विश्वकप : पिएसजी समूहको विजेता बन्दै दोस्रो चरणमा

काठमाडौं – पेरिस सेन्ट जर्मन (पिएसजी) फिफा क्लब विश्वकपको दोस्रो

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी- म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

काँकडभिट्टा नाकाबाट १८ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष २०८१–०८२ को ११ महिनामा पूर्वी नाका

घोराहीमा रहेको ज्यामिरे दह पर्यटकको रोजाइमा

दाङ- दाङ घोराहीमा रहेको ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको