पोखरा महानगरपालिकाले उद्यमशीलता तालिम प्रदान गर्दै  « Khabarhub

पोखरा महानगरपालिकाले उद्यमशीलता तालिम प्रदान गर्दै 


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

अन्नपूर्ण– पोखरा महानगरपालिकाले सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्र (बीपीसी)को आयोजनामा तालिम हुन लागेको हो । विभिन्न १० विधामा दुई सय ४० जनालाई सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्न लागिएको हो । 

तालिमका लागि छनोट भएका दुई सय ४० जनाका लागि सोमबार अभिमुखीकरण कार्यक्रम गरिएको थियो । दश विधामध्ये पञ्जेबाजा बजाउने र बारिस्ताको तालिम सुरु भइसकेको व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए । 

दश विधाअन्तर्गत पञ्चेबाजा बजाउने, सिलाइकटाइ, ब्युटी पार्लर, मन्टेश्वरी, सुनचाँदीका गहना निर्माण, भाषा तालिम, एसी जडान, कुक, बारिस्ता, प्लम्बिङलगायत छन् । विभिन्न सङ्घसंस्थासँगको समन्वय तथा महानगरपालिकाको लगानीमा तालिम सञ्चालन हुने कार्यकारी अधिकृत अधिकारीले बताए । 

तालिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र कतिपय गण्डकी बहुप्राविधिक शिक्षालयको समेत पाठ्यक्रममा आधारित हुनेछ । तालिम एक सय ६० देखि तीन सय ९० घन्टासम्मका हुने कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए । 

महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरभित्र रोजगार सृजना गर्दै उद्यमशीलता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए। ‘महानगरपालिकाभित्र स्वरोजगार सृजना गर्ने अनि तालिमका विभिन्न अवसर सृजना गर्ने हाम्रो उद्देश्य हो’, प्रमुख आचार्यले भने, ‘तालिमपश्चात् आवश्यक प्राविधिक सहयोग गर्ने साथै आवश्यक परेको खण्डमा ‘स्टार्ट अप’मा बीउ पूँजीका लागि हामीले सहयोग गर्छौं ।’ 

सानो लगानीबाट पनि व्यावसायिक सफलताको लामो यात्रा पूरा गर्न सकिने उल्लेख गर्दै प्रमुख आचार्यले आफूले आर्जन गरेको ज्ञानको व्यावहारिक उपयोगमा जोड दिए । जागिरे मानसिकताले व्यक्तिको जीवनमा सार्थक परिवर्तन ल्याउन नसक्ने जनाउँदै स्वरोजगारसहितको उद्यमी बन्ने सपना देख्नु आवश्यक रहेको उनले बताए । 

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  २ : ३१ बजे

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार