यातायात व्यवस्था कार्यालयको कामलाई प्रविधिमैत्री बनाइने  « Khabarhub

यातायात व्यवस्था कार्यालयको कामलाई प्रविधिमैत्री बनाइने 


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दमौली– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यातायात व्यवस्था कार्यालयको कामलाई प्रविधिमैत्री बनाइने बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका-४ स्थित विमलनगरमा रहेको यातायात व्यवस्था कार्यालयको आज निरीक्षण गर्दै जनतालाई छिटोछरितो सेवा प्रवाहका लागि यातायातका सेवा प्रविधिमैत्री बनाइने जानकारी दिए।

मुख्यमन्त्री पाण्डेले कुनै पनि बहानामा सेवा प्रभावित हुन नहुने बताउँदै छिटोछरितो सेवा दिन जनशक्ति व्यवस्थापन र प्रविधिमैत्री सेवाका लागि प्रदेश सरकारले काम अगाडि बढाएको बताए । आफूले मुख्यमन्त्रीको कार्यभार सम्हालेलगत्तै यातायात व्यवस्था कार्यालयको सेवा प्रवाहलाई प्रविधिमैत्री र छिटोछरितो बनाउन कार्यदल गठन गरिएको र उक्त कार्यदलले सुझाव सहितको प्रतिवेदन दिइसकेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । 

सो क्रममा उनले सेवाग्राहीसँग कुरा गर्दै कार्यालयको सेवा प्रवाहको अवस्थाबारे चासो राखेका थिए । कार्यालयका निमित्त प्रमुख रामप्रसाद शर्माले स्थायी कर्मचारीको अभावमा सेवा प्रवाहमा समस्या भइरहेको मुख्यमन्त्रीको ध्यानाकर्षण गराए । 

कार्यालयले विमलनगरबाट सेवा प्रवाहका लागि एक घर पाँच वर्षका लागि भाडामा लिएको छ । कार्यालयले सवारी साधन दर्ता, चालक अनुमति (लाइसेन्स) वितरणको काम गर्दै आइरहेको छ । जिल्लाबाटै सवारीसाधन दर्ता र सवारी चालक अनुमतिपत्रको काम भएपछि पोखरा जानुपर्ने बाध्यताको अन्त्य भएको छ । 

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ३ : ३१ बजे

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)

काठमाडौं– विद्यार्थी संगठनले खाली सिलिन्डर र थाल–कचौरा बोकेर नेपाल आयग

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष