रेल भन्दा पहिला पानीजहाज चढ्न पाइने भयो – प्रधानमन्त्री ओली « Khabarhub

रेल भन्दा पहिला पानीजहाज चढ्न पाइने भयो – प्रधानमन्त्री ओली


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले रेल भन्दा पहिला पानी जहाज चढ्न पाइने बताएका छन् ।

विहीबार ललितपुरको एकान्तकुनामा नेपाल पानी जहाज कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले नेपालको सीमासम्म भारतले पानी जहाज सञ्चालन हुने अवस्था निर्माण गरिसकेको भन्दै केही समयमै पानी जहाज चढ्न पाइने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालको खोलाका चौडाइ र गहिराइका आधारमा जहाज निर्माण गर्न पनि इञ्जिनीयरहरुलाई सुझाव दिए । उनले भने, “अहिले कस्तो जहाज बन्ने गर्छ, त्यो हेरेर होइन यहाँको भू वनोटअनुसार जहाज निर्माण गर्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले विसं २०२७ मा नै पानीजहाजको सम्भावनाका बारेमा अध्ययन भएको पाएको बताए ।

गत वर्ष भारत भ्रमणमा जाँदा आफूले पानी जहाज सञ्चालन र काठमाडौँ–रक्सौल रेलको सम्भावनाका विषयमा छलफल भएको प्रधानमन्त्रीले जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले राष्ट्रिय झण्डा राखेर पानी जहाज चलाउनु नेपालका लागि गर्वको विषय भएको बताए ।

मन्त्रिपरिषद्को गत पुस २९ गतेको बैठकले उपसचिवको नेतृत्वमा १६ कर्मचारी रहने गरी कार्यालय स्थापनाको निर्णय गरेको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  २ : ०३ बजे

रोल्पाको थवाङमा जिप भिरमा खस्दा कम्तीमा १७ जनाको मृत्यु

काठमाडौं- रोल्पामा जिप दुर्घटना हुँदा कम्तीमा १७ जना यात्रुले ज्यान गुमाएका

‘लालीबजार’ एक्सप्लेनर : रोशनी बादीले फिल्म हेरेपछि…

काठमाडौं- बादी समुदायबारेका तीन सिर्जना (दुई किताब ‘ऐलानी’ र ‘नथिया’

बोइङसँग बङ्गलादेशको ३.७ अर्ब डलर सम्झौता

ढाका- बङ्गलादेशले आफ्नो राष्ट्रिय ध्वजावाहक विमान कम्पनीलाई आधुनिकीकरण गर्ने लक्ष्यसहित

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं- सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न

बागलुङको दुर्गम गाउँमा बन्यो पाँच श्ययाको अस्पताल

गलकोट (बागलुङ)- जिल्लाको तमानखोला गाउँपालिका-५ खुङ्खानीमा पाँच श्ययाको आधारभूत अस्पताल