सांसद गौतमलाई अनशन तोड्न मन्त्री ज्वालाको आग्रह « Khabarhub

सांसद गौतमलाई अनशन तोड्न मन्त्री ज्वालाको आग्रह


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले कांग्रेसका सांसद संजय गौतमलाई अनशन तोड्न आग्रह गरेका छन् । 

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री ज्वालाले बबई नदीमाथि बनेको जब्दीघाटको भत्किएको पुल पुनः निर्माण गर्ने प्रक्रिया अघि बढिसकेको भन्दै अनशन तोड्न आग्रह गरेका हुन् ।

जब्दीघाटको भत्किएको पुल निर्माणको काम शुरु गर्नुपर्ने डुबान र कटानको कारण जोखिममा रहेका स्थानमा तटबन्धका काम गर्नुपर्ने र सिँचाइ आयोजनामा बजेट सुनिश्चित हुनुपर्ने माग राख्दै सांसद गौतम अनशन बस्दै आएका छन् । मन्त्री ज्वालले पुल निर्माणका लागि प्राविधिक परिक्षण भइसकेको भन्दै नयाँ पुल बनाउन १० दिनभित्र ठेक्का आह्वान गर्ने जानकारी दिए ।

उनले यसअघि भौतिक पूर्वाधार मन्त्रालयसँग जोडिएको आयोजनाहरूको म्याद सकिने बेलासम्म काम सम्पन्न नगर्नेहरूलाई आयोजनाबाटै हटाउने बताए । मन्त्रालयले जनताले प्रत्यक्ष उपभोग गर्न पाउनेगरि विकासका आयोजनालाई छिटै सम्पन्न गर्न तत्परताका साथ काम गरिरहेको उनले बताए ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ७ : ०९ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने