कर्मचारी नहुँदा सहयोगीको भरमा नापी कार्यालय  « Khabarhub

कर्मचारी नहुँदा सहयोगीको भरमा नापी कार्यालय 


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको मिर्चैया नगरपालिकास्थित विशेष नापी कार्यालय कार्यालय सहयोगीको भरमा चलिरहेको छ । कार्यालय प्रमुखसहित प्रशासनिक काम गर्ने कर्मचारी नहुँदा कार्यालय सहयोगीको भरमा सञ्चालन भएको पाइएको हो । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण किता नापी महाशाखा विशेष नापी कार्यालय मिर्चैयामा कर्मचारी नहुँदा सेवाग्राही मार्कामा परेका छन् । यस कार्यालय मातहतमा करिब तीन दर्जन प्राविधिक कर्मचारीहरू कार्यरत रहे पनि कार्यालय भने सहयोगीको भरमा चलेको छ । जनगुनासोपश्चात संचारकर्मीहरु कार्यालयमा पुग्दा दुईजना कार्यालय सहयोगी र एकजना  सवारी चालक मात्र भेटिए । त्यहाँ भेटिएका कार्यालय सहयोगहीरुलाई कार्यालय प्रमुख कहाँ हुनुहुन्छ ? भनी सोध्दा उनीहरूले फिल्डमा गएको जवाफ दिए । 

सञ्चारकर्मी पुग्दा कार्यालय सञ्चालन गर्न भाडामा लिएका जम्मा ११ वटा कोठामध्ये दर्ता चलानी गर्ने कोठा मात्र खुला थियो ।  कार्यालय प्रमुख बस्ने कोठा, प्रशासन, भण्डारण कक्ष, नापी अधिकृत लगायतका कोठाहरू महिनौँदेखि ताला लगाएर राखेको ै देखियो। कार्यालय प्रमुखको कक्षको ढोकामा कयौं दिनदेखि नखुलेको जस्तो र पानीको जार राखिएको अवस्थामा  भेटिए । 

यसबारे बुझ्न कार्यालय प्रमुख दिलीप कुमार सिंहलाई फोन गरी कार्यालयमा आएको छु, भेटौँ न भन्दा उनले ‘म अहिले अन्य कामले बाहिर आएको छु तत्काल भेट्न सकिन्न पछि भेटौला’ भन्ने जवाफ दिए । साथै उनले थप भने, ‘म अहिले अन्य कामको टेन्सनमा छु, दुई हप्ता अझै तपाइँहरुसँग भेट्न सकिन्न, कार्यालय पनि आउँदिनँ ।’

यस कार्यालय मातहतमा रहेर नरहा गाउँपालिका, मिर्चैया, कर्जन्हा, कल्याणपुर, सिरहा नगरपालिकाहरूमा नापजाँचको काम चलिरहेको छ । नाप जाँचको क्रममा कार्यालयमा सेवाग्राहीहरू भेट्न आउँदा कहिल्यै कर्मचारी फेला पर्दैनन्। 

आइतबारका दिन मध्याह्न तराईको तातो घाममा नरहा गाउँपालिका ४ का ६१ वर्षीय बैजनाथ यादव विशेष नापीले आफ्नो नम्बरी जमिन नापेको विषयमा बुझ्न गएका थिए । तर, उनी कर्मचारी नभएका कारण आफ्नो समस्या सुनाउन नपाई फर्किए । 

उनी यसअघि नापी कार्यालय सिरहा गएका थिए । सिरहामा विशेष नापीले नापेको हो, मिर्चैया जानुस् भनेर पठाएपछि मिर्चैया विशेष नापीमा त आए तर, उनी कर्मचारी नभेटेरै फर्किनु पर्‍यो ।  यादव मात्र हैन यहाँ आउने हरेक सेवाग्राही सम्बन्धित कर्मचारी नभएकै कारण निराश  भएर फर्किनुपर्ने बाध्यता छ । कार्यालयमा कर्मचारी नभेट्दा उनीहरु कहिले सिरहा त कहिले यसै कार्यालयको मातहतमा रहेको विभिन्न टोलीमा भतारिने गरेको सुनाउँछन् ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ५ : ०३ बजे

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो

स्ट्रेट अफ हर्मुजमा नाकाबन्दी जारी रहने ट्रम्पको उद्घोष

वाशिङगटन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज नाकाबन्दी