अनाधिकृत संरचनामा चल्यो महानगरको डोजर « Khabarhub

अनाधिकृत संरचनामा चल्यो महानगरको डोजर


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाले वडा नं १७ अलौमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको संरचना आज डोजर चलाएर हटाएको छ । डोजरसहित गएको महानगरको टोलीले सार्वजनिक सडक अवरुद्ध हुने गरी स्थानीयवासीद्वारा निर्माण गरिएको संरचना हटाएको हो ।

अलौंमा रहेको इनार नजिकैको एउटा घर भत्काएर सडक खुलाइएको छ भने पोखरीको पूर्वपट्टि रहेको सडकमा निर्माण गरिएका चारवटा घरको पर्खालसमेत भत्काइएको छ । सडक अतिक्रमण गरी बनाइएका पर्खाल हटाइएसँगै रोकिएको नाला निर्माणकार्य अघि बढाइने वडा नं १७ का वडाध्यक्ष सञ्जीवबहादुर क्षेत्रीले बताए ।

महानगरपालिकाले सार्वजनिक, ऐलानी जग्गा खोजी गर्नुका साथै त्यसमा बनेका संरचना हटाउने अभियान नै अघि बढाएको छ । अतिक्रमित संरचना हटाउन महानगपालिकाका प्रमुख राजेशमान सिंह आफैँ पुगेका थिए।

महानगर प्रमुख सिंहले महानगरको ३२ वटै वडामा सार्वजनिक तथा ऐलानी जग्गा खोजी गर्ने अभियान नै चलाइएको बताउँदै कहीँकतै अतिक्रमण भएको सूचना भए आफूलाई जानकारी दिन पनि आग्रह गरे ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  १० : ५८ बजे

राष्ट्रियसभामा दलका नेताहरूले सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा नेताहरूले सम्बोधन गर्ने तय

राष्ट्रिय सभाको बैठकलाई दलका नेताहरूले सम्बोधन गर्ने

काठमाडौं- राष्ट्रिय सभाको सोमबार बस्न लागेको बजेट अधिवेशनको पहिलो बैठकमा

लेबनानमा इजरायली सैनिकमाथि आक्रमण, कम्तीमा एकजना मारिए

बेरूत- लेबनानस्थित विद्रोही संगठन हिजबुल्लाहले दक्षिणी लेबनानमा इजरायली सैनिकमाथि हमला

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकैदिन १५६ जनाको डायलासिस

काठमाडौं– भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकैदिन १५६ जना