पूर्वलडाकुको नाममा माओवादीले देश लुट्यो : शंकर पोखरेल | Khabarhub Khabarhub

पूर्वलडाकुको नाममा माओवादीले देश लुट्यो : शंकर पोखरेल


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वलडाकुको नाममा माओवादीले राज्यमाथि लुट मच्चाएको आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधिसभामा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लडाकु शिविरमा कुनै भ्रष्टाचार नभएको जिकिर गरे पछि पोखरेलले खुलेआम भएको लुट र डकैतीलाई भ्रष्टाचार नमानेको हो ? भनेर सोधेका छन् ।

‘लुकेर गरेको भए पो भ्रष्टाचार र अनियमितता हुन्थ्यो। त्यो राज्य माथिको खुलेआम लुट थियो। डकैती थियो।’ पोखरेलले सामाजिक सञ्जालमा लखेका छन्।

लडाकुका नाममा राज्यले उपलब्ध गराएको सहयोग उनीहरुका कमाण्डरले लुटेको महासचिव पोखरेलले उल्लेख गरेका छन् । वास्तविक ७–८ हजारको संख्यामा रहेका लडाकुलाई ३२–३३ हजार पुर्‍याएको कुरा प्रचण्ड आफैँले बोलेको अडियो सामाजिक सञ्जालमा सुरक्षित रहेको पोखरेलेको भनाइ छ।

हेर्नुस् उनको स्टाटस्

 

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ९ : १० बजे

जेन-जी आन्दोलनको समन्वय संघर्ष समितिले सार्वजनिक गर्‍यो सरकारको अवधारणा  

काठमाडौं– जेन-जीको आह्वानमा भएको जनआन्दोलन २०८२ को समन्वय संघर्ष समितिले

प्रहरीमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– प्रहरीले गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा प्रहरी

केन्यामा विमान दुर्घटनाहुँदा १२ जनाको मृत्यु

नैरोबी- केन्याको तटीय काउन्टी क्वालेमा मङ्गलबार विमान दुर्घटना हुँदा कम्तीमा

राष्ट्रिय सभाका सचिव डा. अर्यालले दिए राजीनामा

काठमाडौं– राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका