पूर्वलडाकुको नाममा माओवादीले देश लुट्यो : शंकर पोखरेल « Khabarhub

पूर्वलडाकुको नाममा माओवादीले देश लुट्यो : शंकर पोखरेल


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वलडाकुको नाममा माओवादीले राज्यमाथि लुट मच्चाएको आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधिसभामा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लडाकु शिविरमा कुनै भ्रष्टाचार नभएको जिकिर गरे पछि पोखरेलले खुलेआम भएको लुट र डकैतीलाई भ्रष्टाचार नमानेको हो ? भनेर सोधेका छन् ।

‘लुकेर गरेको भए पो भ्रष्टाचार र अनियमितता हुन्थ्यो। त्यो राज्य माथिको खुलेआम लुट थियो। डकैती थियो।’ पोखरेलले सामाजिक सञ्जालमा लखेका छन्।

लडाकुका नाममा राज्यले उपलब्ध गराएको सहयोग उनीहरुका कमाण्डरले लुटेको महासचिव पोखरेलले उल्लेख गरेका छन् । वास्तविक ७–८ हजारको संख्यामा रहेका लडाकुलाई ३२–३३ हजार पुर्‍याएको कुरा प्रचण्ड आफैँले बोलेको अडियो सामाजिक सञ्जालमा सुरक्षित रहेको पोखरेलेको भनाइ छ।

हेर्नुस् उनको स्टाटस्

 

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ९ : १० बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप