अध्ययन भ्रमणमा माओवादी केन्द्रका नेताहरू चीन प्रस्थान « Khabarhub

अध्ययन भ्रमणमा माओवादी केन्द्रका नेताहरू चीन प्रस्थान


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेकपा (माओवादी केन्द्र) को एक प्रतिनिधिमण्डल आज चीन प्रस्थान गरेको छ ।

प्रतिनिधिसभाका निवर्तमान सभामुख एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डल आज चीन प्रस्थान गरेको हो । भ्रमण दलमा माओवादी केन्द्रका नेताहरू गणेश साह, हितमान शाक्य, डिलाराम आचार्य, केशव नेपाल, पर्शुराम रम्तेल, जगत यादव, टेकेन्द्रप्रसाद भट्टलगायत रहेका छन् । 

प्रतिनिधिमण्डलले तिब्बतको ल्हासा, राजधानी बेइजिङलगायतका स्थानको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।

यस्तै भ्रमणका क्रममा विविध छलफलमा सहभागी हुने कार्यक्रम छ । सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल २०८० जेठ १८ गते स्वदेश फर्कने कार्यक्रम छ । 

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  १ : १९ बजे

रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

मस्को– युक्रेनी ड्रोनले मंगलबार मस्कोस्थिततेल प्रशोधन केन्द्रमा प्रहार गर्दा आगलागी

भियतनामी भिक्षुद्वारा बौद्धनाथ, स्वयम्भूनाथ र चारुमती बिहारको शान्ति पदयात्रा

काठमाडौं– शान्ति पदयात्राका क्रममा नेपाल आएका भियतनामी भिक्षुको समूहले विश्व

सातै प्रदेशले ल्याए बजेट : स्वास्थमा कसले कति विनियोजन गरे ?

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सात वटै प्रदेश

नौ वटा घर खाली गर्ने प्रक्रिया सुरु

दाङ– इलाका प्रहरी कार्यालय, तुलसीपुरको जग्गा ओगटेर बसोबास गर्दै आएका

जीविकोपार्जनमा ‘भैँसीपालन कार्यक्रम’ सञ्चालन

कैलाली– जीविकोपार्जनका लागि कैलालीका नौ वटा स्थानीय तहमा भैँसीपालन कार्यक्रम