‘नेपालीको संविधानको व्याख्या भाग १ र २’ सार्वजनिक « Khabarhub

‘नेपालीको संविधानको व्याख्या भाग १ र २’ सार्वजनिक


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीद्वारा लिखित ‘नेपालीको संविधानको व्याख्या भाग १ र २’ सार्वजनिक भएको छ । पैरवी प्रकाशनले प्रकाशित गरेको उक्त कृतिको पूर्वराष्ट्रपति डा रामवरण यादवले आज सार्वजनिक गर्नुभयो । पुस्तकले कानुनको शासन कायम गर्ने विषय खुलेर वकालत गरेको उल्लेख गर्दै पूर्वराष्ट्रपति डा यादवले संघीयतासहितको संविधान उत्कृष्ट रहेको र यसको व्यवहारिक कार्यान्वयनमा जोड दिनुपर्ने बताए । 

महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले पुस्तक पढ्न र आफ्नो अनुभव साट्नका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । उनले भने, ‘तुलनात्मक अध्ययन गर्न, संविधान निर्माणका क्रममा भएको संविधानको मर्म र संघीयता बुझ्नका लागि पुस्तक निकै महत्वपूर्ण छ । न्यायाधीश, अधिवक्ता र कानुनका विद्यार्थीका लागि पुस्तक उपयुक्त छ ।’ 

वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले संघीयतामा समावेशिता अनिवार्य हुनुपर्ने भए पनि लक्षित वर्गले सो प्रावधानको फाइदा लिन नसकेको टिप्पणी गरे । वरिष्ठ अधिवक्ता शम्भु थापाले पुस्तक लेख्नु सामान्य कुरा नभएको र लेखनका लागि सदा प्रेरणा मिलोस् भन्ने शुभकामना दिए। 

वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले संविधानको व्याख्या जटिल विषयमा भएको र गणतन्त्र, प्रजातन्त्रका, संघीयता र समावेशीताको विषयमा पुस्तकले राम्रो व्याख्या गरेको बताए । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले पुस्तक अध्ययनका लागि धेरै उपयोगी र ऐतिहासिक दस्तावेज भएको टिप्पणी गरे । 

पुस्तकका लेखक वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले देश, जनता र विधिको शासनप्रति आफू असाध्यै संवेदनशील भएको हुँदा संविधानको सेरोफेरोमा आफूलाई पुस्तक लेख्न आनन्द लाग्ने बताए । अधिवक्ता ललितबहादुर बस्नेतले संविधानको सकारात्मक व्याख्या गर्ने विषयमा पुस्तकले स्पष्ट व्याख्या गरेको उल्लेख गर्दै पुस्तक ऐतिहासिक संग्रहनीय दस्तावेज भएको बताए ।

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ६ : २२ बजे

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको