बाख्रापालक कृषकलाई १६ लाख अनुदान वितरण « Khabarhub

बाख्रापालक कृषकलाई १६ लाख अनुदान वितरण


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – बेनी नगरपालिकाका छ वटा वडालाई समेटेर बाख्राको व्यावसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा आबद्ध कृषकलाई रु १६ लाखभन्दा बढी अनुदान वितरण गरिको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जिल्ला बाख्रा व्यवसायी सङ्घमार्फत बेनी नगरपालिकाको १ देखि ६ नम्बर वडामा बाख्रा ब्लक कार्यक्रम सञ्चालन गरेको छ।

केन्द्रका नायव पशु सेवा प्राविधिक गणेश रिजालले बाख्रा ब्लक निरन्तरता कार्यक्रमअन्तर्गत ६५ जना कृषकलाई प्रतिव्यक्ति रु २४ हजार ६२५ का दरले अनुदान वितरण गरिएको जानकारी दिए। खोर तथा ओपन याड निर्माण, मर्मत, प्रजनन बोका खरिद, यान्त्रीकरण कार्यक्रमका लागि सम्झौता गरेका सबै कृषकले कार्यसम्पन्न गरेपछि रकम वितरण गरेको उनले बताए।

केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले सबै कृषकको फर्म अनुगमन गरेर सम्झौताअनुसारको काम गरेको प्रमाणित भएपछि रु १६ लाख ६२५ नगद अनुदान वितरण गरिएको सुनाए। कार्यक्रमअन्तर्गत यसअघि सात सय ५० किलोग्राम सुदान, बजरा, टियोसेन्टी जातको घाँसको बीउका साथै आइभरनाइट ट्याब्लेट, मिनिरल र बाह्य परजीवीविरुद्धको औषधि वितरण गरिएको थियो। कृषकलाई अभिमुखीकरण र अन्तक्र्रिया भइसकेको छ।

चालु आर्थिक वर्षमा रु २० लाख विनियोजन भएको (ब्लक) कार्यक्रममार्फत खोर तथा ओपन याड मर्मत, प्रजनन बोका, फार्म यान्त्रीकरण, मासु पसललाई फ्रिज प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको जिल्ला बाख्रा व्यवसायी सङ्घका उपाध्यक्ष महेन्द्र बानियाँले उल्लेख गरे।

व्यावसायिक बाख्रापालन विस्तार, मासुको उत्पादन वृद्धि, गुणस्तर सुधार र बजारीकरणमा सघाउने उद्देश्यले गत वर्षदेखि ब्लक कार्यक्रम सुरु भएको थियो। गत वर्ष ३९ जना कृषकले ब्लक कार्यक्रममा आबद्ध भएका थिए।

यस वर्ष १० वटाभन्दा बढी बाख्रा पालेका कृषकलाई कार्यक्रममा आबद्ध गराइएको जिल्ला बाख्रा व्यवसायी सङ्घका सचिव नरबहादुर थापाले बताए। म्याग्दीलाई मासुमा आत्मनिर्भर बनाउने र नश्ल सुधारका लागि आवश्यक उन्नत जातका बोका उत्पादन गर्ने लक्ष्य रहेको छ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ८ : ४४ बजे

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट सीता, तासी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा

रास्वपाको केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको