मेरो भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक हुनेछ : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

मेरो भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक हुनेछ : प्रधानमन्त्री प्रचण्ड


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको एकता र परिवर्तनको रक्षाको संकल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका छन्।

आज राजधानीमा आयोजित हाफ म्याराथनको एक कार्यक्रमबीच शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले भने,‘यो परिवर्तनमार्फत नै जनतालाई सेवा दिन सकिन्छ, सुशासन दिन सकिन्छ र विकास दिन सकिन्छ भन्ने संकल्पसहित यो पटक म प्रधानमन्त्रीको जिम्मेवारीमा छु। हिजोका दिनमा भएका राष्ट्रिय एकता, सहमति र सहकार्यलाई जीवन्त तुल्याउन सकिन्छ भन्ने उद्देश्यले नै हामी दलहरुबीच छलफलमा छौं।’

उनका अनुसार शीर्ष नेताहरुबीच हुने गरेका छलफल पनि तिनै विषयका साथै संसदका विभिन्न समितिहरु, संक्रमणकालीन न्याय र  गणतन्त्र विरोधी प्रवृत्तिलाई निरुत्साहित गर्न मै केन्द्रित हुने गरेको छ।

प्रधानमन्त्रीले भारतसँग खुला सीमा, आर्थिक, राजनीतिक, सामाजिक, जनता-जनताबिचको सम्बन्धको दृष्टिकोणले सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै आगामी भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्नेसमेत बताएका छन्।

प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रममा खेलकुदको विकासलाई उच्च प्राथमिकतामा राखेर देशको प्रतिष्ठा र समाजमा अनुशासन कायम गर्न खोजिएको दाबी गरे। उनले भने, ‘अहिले सरकार सुशासन, विकास र समृद्धिको नयाँ संकल्पसहित अगाडि बढेको छ। त्यसमा खेलकुदलाई प्रोत्साहित गर्ने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको म स्पष्ट गर्न चाहन्छु।’

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ९ : २९ बजे

हामी चुनाव गराउनै लागिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन

सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित

काठमाडौं– जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको